कञ्चनपुरबाट दुई जना फरार प्रतिवादी पक्राउ

बुधबार माघ १६, २०८१/ Wednesday 01-29-25
Paschim Today

कञ्चनपुरः कञ्चनपुरबाट २० वर्षपछि  दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरले गाली बेइज्जती मुद्दामा २०६१ कार्तिक २४ गते २ सय जरिवाना तोकेपछि फरार रहेका दोधारा चाँदनी नगरपालिका–५ का भक्तबहादुर सुनार पक्राउ परेका हुन। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले सुनारलाई मंगलवार पक्राउ गरी अदालतमा पेस गरिएको छ।

गाली बेइज्जती मुद्दामै २०६१ कार्तिक १२ गते अदालतले ५ सय जरिवाना तोकी फरार रहेका दोधारा चाँदनी नगरपालिका– १ का बेलबहादुर रानालाई पनि मंगलवार पक्राउ गरी अदालतमा पेस गरिएको छ। यस्तै भवितव्य ज्यान मुद्दामा २०६८ जेट २५ गते २ सय जरिवाना तोकी फरार रहेको दोधारा चाँदनी नगरपालिका–२ पुरानो बस्तीका हेमराज न्यौपानेलाई पनि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।