यौन प्रस्ताव अस्वीकार गर्दा दुई किशोरीको हत्या भएको खुलासा

शनिबार माघ १९, २०८१/ Saturday 02-01-25
Paschim Today

अछाम, १९ माघ ।
अछामको ढकारी गाउँपालिका- ८ मा मृत फेला परेकी दुई किशोरीको यौन प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ ।

प्रहरीले ढकारीकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्काको सोही गाउँपालिका-३ का दुईजना किशोरले यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरेको जनाएको छ ।

माघ ११ गते बाख्रा चराउन गएका उनीहरु भोलिपल्ट मृत फेला परेका थिए । मृतकका परिवारले दिएको किटानी जाहेरकी आधारमा पक्राउ परेका १७ र १५ वर्षका दुईजना किशोरले उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीले पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

पक्राउ परेका दुबै जनाले प्रहरीसंगको बयानमा यौन प्रस्ताव अस्वीकार गरेपछि दुबै किशोरीको हत्या गरेको स्वीकार गरेका   छन् ।

जिल्ला प्रहरी कार्यालय अछामले शनिवार पत्रकार सम्मेलन गरी दुई किशोरीको हत्या प्रकरणका बारेमा जानकारी गराएको हो ।

घट्नाको अनुसन्धानका क्रममा प्रहरीले मृतक किशोरीहरुको मोवाईल कल डिटेलका आधारमा दुबै किशोरलाई अनुसन्धानको दायरामा ल्याएको थियो । दुबै किशोरीहरु मृत फेला परेको जंगलमा दुबै किशोरहरु देखिएका थिए । अनुसन्धानका क्रममा किशोरीहरुसंग सम्पर्क भएपछि उनीहरु जंगलमा गएको खुलेको छ । उनीहरु प्रेमी–प्रेमिका अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किशोरहरुले उपहारमा दुबै किशोरीहरुसंग सल माग्छन् । ईशरा सल दिन्छिन् । सरस्वती सल दिन अस्वीकार गर्छिन् । त्यही समय ईशरा बाख्रा फर्काउन जान्छिन् । यता १५ वर्षीय किशोर सरस्वतीसंग यौन प्रस्ताव राख्छन् । उनी प्रस्ताव अस्वीकार गर्छिन् । त्यही प्रतिशोधमा १५ वर्षीय किशोर उनको हत्या गर्छन । सरस्वती फर्केर आउदा ईशराको हत्या भईसकेको थियो । उनी हत्याका बारेमा गाँउमा भनिदिने भन्दै भाग्न थाल्छिन् । भाग्दै गरेकी ईशरालाई समातेर उनकै १७ वर्षीय प्रेमीले ढुंगाले हानेर हत्या गर्छन ।

घट्नाका बारेमा कसैलाई शंका नहोस भनेर उनीहरुले दुई किशोरको शव व्यवस्थापन गर्छन ।

प्रहरी घट्नास्थलको प्रकृति, लाशको मुचुल्का, किशोरीहरुको कल डिटेल, मृतकका परिवारको किटानी जाहेरीका आधारमा पक्राउ परेका किशोरहरुले दिएको बयानका आधारमा उनीहरुको हत्यामा संलग्न भएको निष्कर्षमा पुगेको हो ।