देशैभर मौसम बदली, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

मंगलबार माघ २२, २०८१/ Tuesday 02-04-25
Paschim Today

 काठमाडौं । आज देशका अधिकांश भू-भागमा मौसम बदली भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले मौसम बदली भएको हो ।

आज मुख्यतया सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली र उच्च पहाडी भू-भागमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अन्य प्रदेशमा पनि सामान्य बदली भए पनि वर्षा र हिमपातको भने सम्भावना छैन ।

बुधबार पनि मौसम बदली हुने सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ ७ प्रदेशको मौसमको पूर्वानुमान

प्रदेश समय/अवधि मौसम पूर्वानुमान
कोशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
राती हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
मधेश प्रदेश दिउँसो तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
राती तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
बागमती प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेकोवना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
राती हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
गण्डकी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेश दिउँसो पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
राती पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
कर्णाली प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।
राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।