महिला टी-२० सिरिज : नेपालद्वारा थाइल्याण्डलाई ८२ रनको लक्ष्य

शुक्रबार माघ २५, २०८१/ Friday 02-07-25
Paschim Today

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी(२०आई शृंखलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । चनिदा सुथिराङ, नताथा बूचाथाम र सुलिपर्न लाओमीले १-१ विकेट लिए ।

यस खेलमा विजयी भएमा वा थोरै अन्तरले पराजित भएमा पनि थाइल्याण्डले शृंखला जित्नेछ । नेपालका लागि भने सान्त्वना जित निकाल्ने अवसर छ ।