भरुवा बन्दुक सहित बैतडीमा उक जना पक्राउ

बुधबार फागुन २१, २०८१/ Wednesday 03-05-25
Paschim Today

बैतडी : बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलिले एक जना बन्दुक धारिलाई प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ चौरथली कालागाउ घर भएका ५१ वर्षीय पाल बिष्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मंगलबार घरबाटै पक्राउ परेका बिष्टले इजाजत बिना नै घरमा बन्दुक राखेर सिकार गर्ने गरेको पाइएको छ । पक्राउ परेका बिष्टको साथबाट भरूवा बन्दुक, बन्दुकमा लाग्ने सिसाका ७ राउण्ड गोलि, २ थान घोरलको छाला, र २ थान रतुवाको छाला बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले बताए  ।