गोदावरी र भीमदत्तबाट भन्सार छलीका सामान बरामद

मंगलबार फागुन २७, २०८१/ Tuesday 03-11-25
Paschim Today

धनगढीः कैलालीको गोदावरी र कञ्चनपुरको भीमदत्तबाट भन्सार छलीका सामान बरामद गरेको छ।

सोमवार गोदावरी नगरपालिका–५ बाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो। भन्सार छलीको ९५ हजार बराबरको १२ भोल्ट ब्याट्री २ थान र साइकल लगायतका सामान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यसैगरी भीमदत्त नगरपालिका–६ त्रिवेणी चोकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७५ हजार ५ सय बराबरको पशु आहार, मल खाद लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।