'हर भ्वाइस,हर पावर' प्यानल डिस्कसन सम्पन्न

धनगढी : एक्सिस विद्याश्रम माध्यमिक विद्यालयले "Her Voice, Her Power: Shaping Tomorrow Together" (उनको आवाज, उनको शक्ति : भोलिलाई सँगै आकार दिने) मूल नाराका साथ प्यानल डिस्कसन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
यस कार्यक्रममा राजनीति, शिक्षा, वित्त तथा उद्यमशीलता क्षेत्रका सफल महिलाहरूको सहभागिताले विद्यार्थीहरूलाई नेतृत्व र सफलताको मार्गबारे महत्वपूर्ण जानकारीदिएको थियो। विद्यालयले समाजमा अग्रणी भूमिका खेल्ने प्रेरणादायी महिलाहरूलाई विद्यार्थीहरूसँग अन्तरक्रिया गराउन यो विशेष छलफल कार्यक्रम आयोजना गरेको हो।
प्यानलमा सहभागी व्यक्तित्वहरूमा धनगढी उपमहानगरपालिकाकी पूर्व उपमेयर तथा राजनीतिज्ञ सुशीला मिश्रा भट्ट, भक्तपुर क्याम्पसकी समाजशास्त्र सहप्राध्यापक तथा शिक्षिका पुनम पन्त, एनएमबी बैंककी सफल महिला बैंकर तथा शाखा प्रबन्धक नन्दा भण्डारी, तथा फेसन तथा कपडा उद्योगकी उदीयमान उद्यमी पुनम खड्का रहेका थिए।
कार्यक्रमका सहजकर्ता विद्यार्थीहरू अपेक्षा सावद, पूर्णिमा भट्ट, आरोही शाह, र जानकी भट्ट रहेका थिए। छलफलको क्रममा विद्यार्थीहरूलाई सफल महिलाहरूका प्रेरणादायी कथाहरू सुनाएका थिए । उनीहरूको संघर्ष, चुनौती, कडा परिश्रम, समाज तथा पारिवारिक सहयोगको भूमिकाबारे खुला संवाद पनि गरेका थिए।
तपाईको प्रतिक्रिया