नेपाल नेत्र सहायक परिवारको सुदूरपश्चिम प्रदेश अध्यक्षमा विष्ट विजयी

पश्चिम टुडे धनगढी २ चैत ।
नेपाल नेत्र सहायक परिवारको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन शुक्रबार धनगढीमा सम्पन्न भएको छ ।
नेपाल नेत्र सहायक परिवारको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनबाट मिना विष्ट प्रदेश अध्यक्षमा निर्वाचित भएकी छिन् ।
त्यसैगरि उपाध्यक्षमा हिमा धामी, सचिवमा सुशांक शाह (सन्तोष), कोषाध्यक्षमा पुर्ण प्रशाद पनेरु, सह-सचिवमा पुजा रावल, सह-कोषाध्यक्षमा सिमा चौधरी, सदस्यहरुमा श्याम देउवा, अजय राना, नविन चलाउने, पुजन चापागाई, सगुन तामाङ, अंकित बाँनिया निगम, सृजना विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत रमेश घिमिरेले जानकारी दिएका छन् ।
नेपाल नेत्र सहायक परिवारको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनका कार्यक्रम संयोजक सुशांक शाह (सन्तोष)को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गेटा आँखा अस्पतालका डेपुटी डाईरेक्टर डा. सुजाता भण्डारी, विशिष्ट अतिथिहरुमा नेपाल नेत्र सहायक परिवारका केन्द्रिय अध्यक्ष रमेश घिमिरे, केन्द्रिय महासचिव रमेश प्रधान,नेपाल नेत्र ज्योति संघ कैलाली जिल्ला शाखाका सचिव नरेन्द्र राज शर्मा, सुदूरपश्चिम अप्टोमेट्री सोसाईटीका सचिव पवन शाह, अतिथिहरुमा गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्याय, नेपाल नेत्र सहायक परिवारका केन्द्रिय सदस्य विश्वेश्वर जोशी लगायत रहेका थिए ।
कार्यक्रममा आँखा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिए वापत वरिष्ठ नेत्र अधिकृतहरु मेघ राज भट्ट, रमेश चन्द्र भट्ट, विर सिंह धामीलाई सम्मान गरेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख अतिथि गेटा आँखा अस्पतालका डेपुटी डाईरेक्टर डा. सुजाता भण्डारी, विशिष्ट अतिथिहरु नेपाल नेत्र सहायक परिवारका केन्द्रिय अध्यक्ष रमेश घिमिरे, केन्द्रिय महासचिव रमेश प्रधान, नेपाल नेत्र ज्योति संघ कैलाली जिल्ला शाखाका सचिव नरेन्द्र राज शर्मा, सुदूरपश्चिम अप्टोमेट्री सोसाईटीका सचिव पवन शाह, अतिथि गेटा आँखा अस्पताल कर्मचारी युनियनका अध्यक्ष खेम राज उपाध्याय दिएका थिए ।
कार्यक्रमको संचालन मिना विष्टले गरेकी थिईन भने स्वागत मन्तव्य नेत्र अधिकृत लोक पुन, धन्यवाद ज्ञापन मन्तव्य सिमा चौधरीले दिएकी थिईन ।
कार्यक्रमको प्रायोजन एसएमएस नेपाल, आँखाका औषधि कम्पनीहरु डिसिआई फर्मास्युटिकल्स, सेन्चुर फर्मास्युटिकल्स, नेश्नल हेल्थकेयर फर्मास्युटिकल्सले गरेको थियो ।
तपाईको प्रतिक्रिया