मोहना नदीमा डुबेर दुई किशोरको मृत्यु
शनिबार चैत १, २०८१/ Saturday 03-15-25
Paschim Today

धनगढी २ चैत।
कैलालीको धनगढीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ भने दुई घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रवार अपरान्ह मोहना नदीमा नुहाउने क्रममा धनगढी उपमहानगरपालिका–१९ फूलबारीका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको हो ।
मृत अवस्थामा नदीबाट निकालिएका दुबै किशोरको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्टले नदीमा नदीमा नुहाउने क्रममा डुबेका दुई जनालाई जीवित उद्दार गरिएको र दुई जना मृत अवस्थामा उद्दार गरिएको बताए ।
डुबेर घाईते भएका फूलवारीका १६ वर्षीय करनसिंह धामी र १५ वर्षीय आदर्श पुजाराको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया