धनगढीको इ-चाइल्ड केयर मण्टेश्वरीले सम्पन्न गर्यो वार्षिक उत्सव

आइतबार चैत २, २०८१/ Sunday 03-16-25
Paschim Today

धनगढी : धनगढीको इ चाइल्ड केयर मण्टेश्वरीले वार्षिक उत्सव समारोह सम्पन्न गरेको छ ।  धनगढी उपमहानगरपालिकाका पूर्व नगर प्रमुख नृप ओड, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मराज भट्ट, र धनगढी उपमहानगरपालिका  एकका वडाध्यक्ष सन्तोष मुडभरी लगायतको उपस्थितिमा कार्यक्रम आज सम्पन्न भएको हो । 

कार्यक्रममा बालबालिकाहरूले जानकारीमूलक नाटक, नाच,गानजस्ता साङ्गीतिक प्रस्तुतिहरू गरेर उपस्थित दर्शकलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नृप ओडले  विद्यालयहरूले बालबालिकाको किताबी ज्ञान मात्र नभई अनुशासन र संस्कार सहितको शिक्षा दिनु पर्ने बताए।  उनले भने, 'विद्यालयहरूले मात्र होइन, अभिभावकहरूले पनि बालबालिकाको समग्र विकासमा सहयोग पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ।'

 विशिष्ट अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मराज भट्टले बालबालिकाहरूको अध्ययनमा मात्र ध्यान नदिएर, अभिभावक र शिक्षकले उनीहरूको रुचि केमा छ र के चाहन्छ भन्ने कुरा बुझ्न आवश्यक  रहेको बताए । यस्तै धनगढी उपमहानगरपालिका वडा एकका अध्यक्ष सन्तोष मुडभरिले विद्यालय र अभिभावक दुवैले बालबालिकाको समृद्ध विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिक्षा, समाज, व्यवसाय, सुरक्षा, युवा व्यवसायी, र महिला उद्यमी लगायत बिभिन्न क्षेत्रहरूमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो।