सुनको भाउ आज पनि स्थिर, चाँदीकाे घट्यो
सोमबार चैत ३, २०८१/ Monday 03-17-25
Paschim Today

काठमाण्डौ : आज पनि सुनको भाउ स्थिर रहेको छ । सुनको भाउ आज पनि हिजो जस्तै ताेलाकाे एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।
गएको चैत १ गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ पाँच रुपैयाँले घटेर ताेलाकाे दुई हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४५ रुपैयाँ रहेको थियो ।
तपाईको प्रतिक्रिया