अछाममा चट्याङ लागेर दिदीबहिनी घाइते

सोमबार चैत ३, २०८१/ Monday 03-17-25
Paschim Today

धनगढीः अछाममा चट्याङ लागेर एकै घरका दुई दिदीबहिनी घाइते भएका छन्।

जिल्लाको मेल्लेखगाउँपालिका–६ षोडशा माडीगडा बस्ने रतिराम बोहराको घरमा आइतवार बेलुकी चट्याङ पर्दा बोहराकी ५ वर्षीया छोरी मेनुका बोहरा र १५ वर्षीया निर्मला बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्। घाइते दुबै जना दिदीबहिनीको बयलपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।