ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी 

बुधबार चैत ५, २०८१/ Wednesday 03-19-25
Paschim Today

धनगढी, ६चैत ।
धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ। 

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिलाई पराजित गर्दै विजय भएको हो ।

एक सय पाँचको मतको अन्तरले नेपाल विद्यार्थी संघका दीपक भट्ट स्ववियु सभापतिमा बिजयी भए । भट्टले पाँच सय ३३ मत पाउदा उनका निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका उम्मेदवार दिपेन्द्र भट्ट (दिपेन)ले चार सय २५ मत पाए । अनेरास्वयिु (क्रान्तिकारी)का उम्मेदवार विकास बिष्टले ४ सय २ मत प्राप्त गरे ।

अन्य पदाधिकारी सदस्यमा नेविसंघका उम्मेदवारहरु बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

दुई हजार एक सयभन्दा बढि मतदाता रहेको ऐश्वर्यमा भएको निर्वाचनमा एक हजार तीन सय आठ जनाले मतदान गरेका थिए ।