फूलवारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघ नेतृत्वको संयुक्त प्यानल बिजयी

बुधबार चैत ५, २०८१/ Wednesday 03-19-25
Paschim Today

धनगढी, ६ चैत ।
कैलालीको फूलवारी बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ ।

स्ववियु सभापतिमा नेविसंघका भुवनराज जोशी ५३ मत सहित बिजयी हुदा उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका आलोक तामाङले ३६ मत पाए । 

यस्तै स्ववियु सचिवमा अखिल (समाजबादी) का सीमा बिक र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का सरस्वती बिक विजयी भईन । 

फूलवारी बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघ, एकीकृत समाजवादी र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर लडेको थियो । एमाले निकट अनेरास्ववियु भने एकल रुपमा प्रतिस्पर्धा भिडेको थियो ।