स्ववियु र विद्यार्थी राजनीति : विद्यार्थी हित कि राजनीतिक मञ्च ?

शनिबार चैत ८, २०८१/ Saturday 03-22-25
Paschim Today

जब मानव सभ्यताको प्रारम्भ भयो यसको प्रारम्भमा मानिसहरू आफ्नो लागिमात्र सोच्दैन थिए। त्यतिबेला सबै कुरा सामुहिक हुन्थे जसरि मानव विकासक्रम अगाडि बढ्दैगयो व्यक्तिका इच्छा,आवश्यकताहरू सामुहिक नभइ व्यक्तिगत हुन थाले। समयक्रम संगै समाज रूपान्तरण हुन थाल्यो। समाजमा अपराधले स्थान पाउन थाल्यो जसलाई नियन्त्रण गर्नका लागि कानुनको आवश्यकता भइ कानुन निर्माण हुन थाले त्यो संगै राजनीति जोडिन आउँछ। राजनीति प्राचिन समयदेखि नै चलिआएता पनि लोकतन्त्रको उदयपछि व्यापक प्रचलित भयो। अहिले हामी २०औँ शताब्दीको अन्त्य तिर र २१औँ शताब्दीको प्रारम्भमा छौँ । आजभन्दा करिब २३८० बर्ष पहिले जन्मिएका पश्चिमी दार्शनिक तथा विचारक अरस्तुका भनाइमा मानिस प्राकृतिक रूपमा नै राजनीतिक प्राणि हो भनेर आफ्नो पुस्तक झद पोलिटिक्सञ मा लेखेका छन उनका भनाइमा मानिस प्राकृतिकरूपमा सामाजिक तथा राजनीतिक प्राणि हो किनभने उसले नियम, संस्थाहरू र नेतृत्व द्वारा संगठित समाजमा मात्र आफ्नो पुर्णसम्भावना प्राप्त गर्न सक्छ।
हो त्यस्तै समाजको कुनै पनि व्यक्ति राजनीतिबाट पृथक रहन सक्दैन । जतिसुकै राजनीति देखि अलग रहने प्रयास गरे पनि मानिस राजनीतिको प्रभावमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परेकै हुन्छ । किनभने मुलुक सञ्चालन गर्ने मुख्य नीति नै राजनीति हो र त्यस्तो राजनीति समाजको प्रत्येकवर्ग, तह, तप्का र व्यक्तिका दैनिकिसंग अन्तरसम्बन्धित हुन्छ। मानव जिवनको सुरूवात देखि अन्त्यसम्म राजनीतिक प्रकृया चलिरहन्छ। त्यसैले भनिन्छ कुनै पनि मुलुकको उत्थान वा पतनमा राजनितिको प्रमुख भुमिका रहन्छ। त्यसैले राजनीति भनेको केबल शक्ति प्राप्तगर्ने माध्यम मात्र होइन, यसले समाजलाई सहि मार्गमा लैजान महत्त्वपूर्ण भुमिका खेल्छ। शिक्षा प्रणालिमा विद्यार्थी राजनीति महत्त्वपूर्ण पक्ष हो, जसले विद्यार्थीहरुको हक, अधिकार र नेतृत्व व्यक्तित्व विकासलाई प्रवद्वन गर्छ। स्वतन्त्र विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्ने विद्यार्थीहरूद्वारा नै गठित विद्यार्थीहरूको सांझा संस्था हो। विद्यार्थी युनियनहरूले विद्यार्थीको प्रतिनिधित्व गर्दै विद्यार्थीका विचार र हक सुनिश्चित गर्न पहल, अभियान, विभिन्न शैक्षिक बहस तथा क्रियाकलापहरूमा सहजिकरण र सहयोग गर्न स्वयंसेवि भुमिका खेल्ने गर्दछन ।
विद्यार्थी राजनीतिको सुरुवात कहिले, कहाँ, कसरी, किन भयो होला भन्ने बारे जिज्ञासा खोज्दैजाँदा इतिहास मुस्कुराउँछ। विश्वपरिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले देखीनै सन्१९०० देखी सन्१९३० को बिच मा नै आएको पाइन्छ। सन्१९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ। विधिवत रूपमा सन् १९२३ मा यूनियन सबैसामु परिचित भएको हो ।दोस्रो विश्वयुद्धमा विद्यार्थी यूनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए जहाँ खाना, पानी, बस्नको लागि सहज वातावरणका लागि विश्वविद्यालयमा राख्न मद्दत गरे। दोस्रो विश्वयुद्धपछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउन थालिएको थियो जस्तो कि छात्र छात्राका लागि छुट्ट्याएर राखेका कक्षाकोठा एउटै, संयुक्त हल र क्यान्टिनबारहरू ।तर बेलायतको इतिहास केलाउँदा सन्१८८४मा एडिनबर्ग युनिभर्सिटीमा स्टुडेन्ट एसोसेसनको स्थापना भएको पाइन्छ। सन्१८८९मा एडिनबर्ग युनिभर्सिटीले स्टुडेन्ट एसोसेसनको लागि छुट्टै भवन निर्माण गरेको थियो। आर्थिक श्रोतको व्यवस्थापन विद्यार्थी युनियनहरूले विश्वविद्यालयको रकम रोक्का गरेर अनुदान, सामूहिक कोष  विकास गरेर र व्यावसायिक प्रदर्शनीहरूबाट आउने गर्दछ। सबै विद्यार्थी युनियनहरू लोकतान्त्रिक रूपमा चलाउनु पर्छ र कुनै पनि प्राप्त गरेका पैसाहरू खर्च गर्दा स्वार्थ र हित सेवाको भावनामा खर्च गर्नु पर्दछ जुन एजुकेसन एक्ट१९९४ अनुसार हुनु पर्दछ भन्ने भनाई थियो ।
ब्रिटिस राजनीतिज्ञ जन मेजर सन्१९९० देखी १९९७ सम्म ब्रिटिस युनाइटेड किंगडमको प्रधानमन्त्री रहनुभएका कन्जर्भे्टिव पार्टीका नेताले आफू कार्यकालमा रहँदा विश्वविद्यालयमा हुने गरेको विद्यार्थी युनियनहरूको प्रभाव कम गर्ने योजना विरुद्ध नेस्नल युनियन अफ स्टुडेन्ट ले सफलतापूर्वक लबिङ गर्न सक्षम भएका थिए। एक्काइसौँ शताब्दीमा विद्यार्थी युनियनहरूले सङ्गठनमा विद्यार्थी आकर्षित गराउन र समावेश गराउन नयाँ सृजनशील र प्रगतिसिल  बिचारहरूले गम्भीर भएर काम गर्ने गरेको छ।
नेपालको परिवेश घटनाक्रम नियाल्दा भारतीय स्वतन्त्रताको आन्दोलनको छाप नेपाली विद्यार्थी राजनीतिमा पनि परेको देखिन्छ । वि स १९८२ तिर बिपि कोइराला ११वर्षको हुँदा नै महात्मा गान्धीको अङ्ग्रेज विरुद्धको आन्दोलनमा सहभागी हुनुहुन्थ्यो। १५ वर्षको उमेरमा बी।पी। कोइराला लाई पक्राउ गरिएको थियो किनभने उनी राणा शासन विरुद्ध नेपाली जनताको स्वतन्त्रताको लागि लडिरहेका थिए। उहाँ काँग्रेस समाजवादी पार्टीका ब्वाइज सेक्सन अध्यक्ष हुनुहुन्थ्यो। अनि गणेशमान सिङ लाई दरबार हाईस्कुल बाट हटाइयो, कृष्ण प्रसाद भट्टराई बनारसका नेपाली विद्यार्थीहरूको सङ्घ नेपाल छात्र सङ्घ उपाध्यक्ष हुनुहुन्थ्यो। नेपालि विद्यार्थी आन्दोलनको पहिलो  र महत्त्वपूर्ण आन्दोलन जयतु संस्कृतमा हो। तत्कालीन सरकारको नीति राजकीय संस्कृत विद्यालय विरुद्ध भएको थियो। राजनीतिक प्रजातन्त्र का लागि यो आन्दोलनको योगदान ठूलो छ। राणा शासन विरुद्धको परिवर्तनका लागि विद्यार्थी एक भएर विद्यार्थी आन्दोलनलाई अगाडी बढाएको पाइन्छ। १९९७ माघ१६ गते त्रिचन्द्र कलेजका विद्यार्थी नेता गङ्गालाल श्रेष्ठलाई रुखमा झुन्ड्याएर शोभाभगवतीमा मारियो । गङ्गालाल श्रेष्ठ विद्यार्थी आन्दोलनको पहिलो सहिद हुन । नेपालको इतिहास देखि वर्तमान सम्म आउँदा विद्यार्थी सङ्गठनहरू राजनीतिक पार्टीका भातृसङ्गठनको रूपमा सक्रियता बढी देखिन्छ। तथापि दुई दशक यता स्वतन्त्र सङ्गठन, क्लब, समूह र अहिले आएर सामाजिक सञ्जालका गु्ररुपहरुको सक्रियता पनि बढीरहेको अवस्था छ। नेपालको महत्त्वपूर्ण घटनाहरूलाई साक्षी राखेको पुरानो विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो। चाहे वि स२००७ सालको राणा शासनको अन्त्यहोस्, वा २०१७ सालको प्रजातन्त्रको अन्त्य तथा पञ्चायत व्यवस्थाका खिलाफ होस्, चाहे त्यो २०४६ सालको पञ्चायत व्यवस्थाको अन्त्य तथा प्रजातन्त्र स्थापनाका लागि होस, वा२०६५ सालको राजसंस्थाको अन्त्य तथा गणतन्त्र लागु गर्नहोस्, २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्दा सम्म विद्यार्र्थीहरूले सङ्घर्ष गरेको इतिहास साक्षी छ। त्यति मात्रै हैन नेपालामा शिक्षा क्षेत्रको बिकासका लागि विद्धार्थी संघ सङ्गठनहरुले प्रदान गरेको योगदान गर्व गर्न लायक छ त्यसैले विद्यार्थी राजनीति आफैमा एउटा गर्बिलो इतिहास हो जसको इतिहास नियाल्दा ठुलाठुला परिवर्तन मा महत्त्वपूर्ण भुमिका खेलेको हामिले अध्यनबाट थाहा पाउन सकिन्छ । पछिल्ला दशकयता नेपालमा विद्यार्थी राजनीति मुख्यतयास् स्ववियु ९ स्वतन्त्र विद्यार्थी युनियन० मार्फत अभिव्यक्त हुन्छ । स्ववियुको ओैपचारिक उदेश्य विद्यार्थीका माग, शिक्षण संस्थाको गुणस्तर सुधार, विद्यार्थी हकहित संरक्षण एव विद्धार्थीहरुका लागि अवसरहरुको सिर्जना गर्ने भएता पनि व्यवहारमा यसको प्रयोग प्रायस् राजनीतिक दलहरूको स्वार्थ पुर्तिका लागि हुदै आएको देखिन्छ । स्ववियु र विद्यार्थी राजनीति शिक्षालयमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास र विद्यार्थी अधिकार संरक्षणको लागि महत्त्वपूर्ण रहन सक्छ तर नेपालमा यसको दुरुपयोग व्यापाक देखिन्छ । अहिलेको स्ववियु विद्यार्थी मुद्दामा भन्दा पनि बाहिरी राजनीतिक दलहरूको ऐजेन्डामा केन्द्रीत भएकाले यसको मुल उदेश्य ओझेलमा परेको छ। विद्यार्थी राजनीतिले शिक्षालाइ नै प्रभावित पार्ने होइन, बरू शिक्षालाई सुधार गर्ने तर्फ केन्द्रीत हुनुपर्छ । यदि स्ववियु विद्यार्थीहरूका लागि काम गर्ने स्वतन्त्र संस्था बन्न सकेमा यसको महत्त्व बढ्नेछ। त्यसैले विद्यार्थीहरूले स्ववियु निर्वाचनमा सचेत रहन आवश्यक छ साथै शिक्षणसंस्थाले पनि विद्यार्थी राजनीतिलाई सहि दिशामा लैजान पहल गर्नुपर्ने देखिन्छ । त्यसैले स्ववियु विद्यार्थीका लागि हो, विद्यार्थी स्ववियुका लागि होइन भन्ने सोच स्थापित गर्ने बेला आएको छ। स्ववियुलाई हेर्ने नजर २०७९ मा निर्वाचित भएर आएका स्ववियु कार्यसमिति हरुले केहि परिवर्तन गर्न सफल भएका छन् ।देश भरिमै रहेका विभिन्न स्ववियु कार्यसमिति हरुले विद्धार्थिका लागि गरेका सृजनशील कार्य हरुले यसको महत्व र आवस्यकता दर्शाएको छ ।फेरी हामी  स्ववियु निर्वाचन २०८१ को तयारीमा छौ जुनमा विद्धार्थीहरुको उत्साहपूर्ण सहभागिता हुनुपर्दछ ।
अबको विद्यार्थी राजनीति पुरानै शैलीमा सिमित हुनुहुदैन यसको पुनःसंरचना गर्दै नया युगको आवश्यकता अनुसार परिवर्तन गर्न जरूरि छ। त्यसैले विद्यार्थी राजनीति विरोधको लागि विरोध होइन , सुधारका लागि सक्रिय हुने हुनुपर्छ । त्यसको लागि अबको विद्यार्थी राजनीतिमा निम्न सुधार आवश्यक छन। अबको विद्यार्थी राजनीति दलगत भन्दापनि शैक्षिक हुनुपर्छ जस्तो विद्यार्थी राजनीति कुनै विशेष दलको ऐजेन्डालाइ अघि बढाउने माध्यम नबनाई विद्यार्थीको हकहितको संरक्षण, शिक्षाको गुणस्तर सुधार र शैक्षिक पुर्वाधारको विकास जस्ता मुद्दामा केन्द्रीत हुनुपर्छ । अर्को मुख्य कुरा अबको विद्यार्थी राजनीति वैचारिकरबौद्धिक हुनुपर्छ र विद्धार्थीहरुको नेतृत्व व्यक्तित्व बिकास गरि विद्यार्थीहरुको अन्तरनिहित परिभालाइ प्रस्फुटन गरि संरक्षण एव प्रवर्द्धन गराई विद्यार्थीहरुलाई रोजगारी लिने तर्फ मात्र हैन रोजगार सिर्जना गरि देशमा उत्पादनशील कार्यहरु गर्ने कार्य तर्फ उन्मुख गराउनु पर्छ । पुरानो शैलीमा जस्तो ढुंगा , मुढाहान्ने , टायर बाल्ने जस्ता अराजक र उत्तेजित गतिविधिहरू अन्त्य गरि हरेक संगठन भित्र विद्यार्थीका विविध समस्या, शैक्षिक मुद्दा, समाजका समस्या, समसामयिक विषय मा वैचारिक बहसको थालनि गरि अबको विद्यार्थी राजनीति स्वतन्त्र र शान्तपूर्ण हुनुपर्छ तबमात्र विद्यार्थी र समाजमा रहेको व्याप्त नैराश्यतालाइ आशामा परिणत गर्न सकिन्छ । आजको कृतिम बौद्धिकताको युगमा विद्यार्थी राजनीति प्रविधि मैत्रि हुनुपर्छ जसमा सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म र प्रविधिको सदुपयोग गरि विद्यार्थीका मुद्दामा केन्द्रित हुनुपर्छ। यदि उपरोक्त कुराहरु हुन सके भने विद्यार्थी राजनीति एक राजनीतिक मंच मात्र नभइ साच्चिकै विध्यर्थिको हितका लागि हो भन्ने बुझाई स्थापित हुनेछ ।
अन्त्यमा, म पश्चिमी महान दार्शनिक तथा विचारक प्लेटोको विचार बाट अन्त्य गर्छु। ‘ राजनीतिमा संलग्न हुन अस्विकार गर्दा तिमि भन्दा कमजोर शासक द्वारा शासित हुनुपर्छ ’ भन्ने यो प्लेटोको भनाइले नागरिकको राजनीतिक सहभागीताको महत्त्वलाई ओैल्याउछ । यदि योग्य, समझदार , इमानदार व्यक्ति राजनीति बाट टाढा रहन्छ भने सत्ताअयोग्य व्यक्तिहरूको हातमा पुग्ने खतराहुन्छ ।त्यसैले लोकतन्त्रमा हरेक सचेत नागरिकले राजनीतिमा चासो राख्नुपर्छ भन्ने कुरा उक्त विचारले समेत स्पष्ट पार्दछ । विद्यार्थी राजनीतिलाइ राजनीतिक खुड्किलोका रुपमा मात्र नलिई नेपालि शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सिपमुलक , रोजगारमूलक , एव जनमुखी बनाउदै सक्षम सबल प्रतिस्पर्धी, नैतिक एव राष्ट्रिय हित प्रति समर्पित जनशक्ति तयार गर्ने मंचका रुपमा विद्यार्थी राजनीति लाइ थप सुदृध बनाउने जिमीवारी हामि सबैको काधमा रहेको छ जसका लागि हामि सबै नियमित विद्यार्थीहरुले स्ववियु निर्वाचन २०८१ मा उत्साहपूर्ण सहभागिता जनाई सफलातापुर्वक सम्पन्न गर्नु पर्दछ ।