प्रचण्डको आशङ्का : 'ओली राजावादीसँग त मिलेका छैनन्?'

शुक्रबार चैत १४, २०८१/ Friday 03-28-25
Paschim Today

काडमाडौं । समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली राजावादीसँग मिलेका त छैनन्? भन्ने प्रश्न गरेका छन्।

उनले भने, "अहिले उल्टो उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ। भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो।"

उनले "बयलगाडामा चढेर गणतन्त्र आउँदैन भनेर ओलीले पहिले पनि भनेको" आरोप लगाए।

प्रचण्डले ओलीलाई गणतन्त्रपछि रिस रहेको भन्दै उनले आफूलाई गणतन्त्रवादी भएको पुष्टि गर्नु पर्ने बताए।