तीनकुने क्षेत्रमा सेना परिचालन
शुक्रबार चैत १४, २०८१/ Friday 03-28-25
Paschim Today

काठमाडौं : काठमाडौंको तीनकुने क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ। कफ्र्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो।
जिल्ला प्रशासन कार्यालयले काठमाडौंको ४ ठाउँमा कफ्र्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको छ। विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र तोडफोड गर्न थालेपछि सेना खटाइएको हो।
तपाईको प्रतिक्रिया