थप भन्सार बढाउने अमेरिकी धम्कीपछि चीनको कडा प्रतिक्रिया

मंगलबार चैत २५, २०८१/ Tuesday 04-08-25
Paschim Today

एजेन्सी । अमेरिकी कर नीतिमा चीनले दृढतापूर्वक जवाफी कदम चाल्ने प्रतिक्रिया दिएको छ । थप भन्सार बढाउने अमेरिकी धम्कीपछि चीनको कडा प्रतिक्रिया आएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले यसअघि घोषणा गरेको प्रतिशोधी कर फिर्ता नलिएमा थप ५० प्रतिशत कर लगाउने धम्की दिएका थिए ।

राष्ट्रपति ट्रम्पको धम्कीपूर्ण र दबावमूलक व्यवहार कहिल्यै स्वीकार नगर्ने भन्दै चीनको वाणिज्य मन्त्रालयले अन्तसम्म लडिरहने प्रतिक्रिया सार्वजनिक गरेको हो । कर नीतिमा अमेरिकाले गल्तीमाथि गल्ती दोहोर्‍याइरहेको चीनको भनाइ छ ।

चीन र अमेरिकाबीचको गतिरोधले विश्वका दुई ठूला अर्थतन्त्र भएका राष्ट्रबीचको पूर्ण व्यापार युद्धको सम्भावना बढाएको विश्लेषकहरूले बताएका छन् ।