अत्तरीया मन्दिरमा एक जना मृत फेला, हत्याको आशंका

धनगढी, २७ चैत्र ।
कैलालीको अत्तरीयास्थित दुर्गा मन्दिर परिसरमा टाउको छिनालिएको अवस्थामा बुधवार बिहान एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बिष्टले मृत फेला परेका व्यक्तिको पहिचान हुन नसकेको बताए ।
प्रहरी उपरीक्षक बिष्टले घट्नास्थल र लाशको प्रकृतिका आधारमा ती व्यक्तिको हत्या भएको हुनसक्ने बताए । घट्नास्थलमा रक्ताम्य छ । शव घिसारेको देखिएको छ । ढुंगाले टाउको फुटाईएको छ । दात झारिएको छ ।
उनले हत्याको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको समेत जानकारी दिए ।
मृत फेला परेको व्यक्ति बजारमा भिख माग्दै हिड्ने गरेको र राति मन्दिर परिसरमा बस्ने गरेको बताईएको छ ।
मन्दिरका पूजारी टीका दत्त पनेरुले विहान साढे ६ बजे मन्दिर परिसरमा एक जना मृत फेला परेको प्रहरीलाई जानकारी दिएका थिए ।
प्रहरीले घट्नाका बारेमा अनुसन्धान भईरहेको जनाएको छ । घट्ना ईलाका प्रहरी कार्यालय मालाखेती र सुदूर पश्चिम प्रदेश ट्राफिक प्रहरीको अघिल्तिर भएको हो ।
तपाईको प्रतिक्रिया