यु-१९ विश्वकप छनोट: यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
आइतबार चैत ३०, २०८१/ Sunday 04-13-25
Paschim Today

काठमाडौं । आईसीसी यु-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरिरहेको छ ।
५० ओभरको खेललाई ४० ओभरमा घटाइएको छ । वर्षाका कारण मैदानमा पानी जमेकाले त्यसलाई सुकाउने काम गर्दा खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको हो ।
घरेलु टिम नेपालसँगै यूएई, अफगानिस्तान, हङकङ र ओमानमध्ये छनोटमा शीर्ष हुने टिम अर्को वर्ष हुने यु-१९ विश्वकपमा छनोट हुनेछ ।
तपाईको प्रतिक्रिया