हङकङ टी–२०आई : नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि
आइतबार चैत ३०, २०८१/ Sunday 04-13-25
Paschim Today

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधि कुवेतले जितेको छ ।
मोङ कोकमा आइतबार भएको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि जितेको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १७१ रन बनाएर अलआउट भयो ।
नेपालका लागि बासिर अहमद र नन्दन यादवले विस्फोटक पारी खेले । अहमदले ८० र यादवले ३७ रन जोडे । तर, अन्तिममा अहमद क्याच आउट भएका हुन् ।
तपाईको प्रतिक्रिया