कञ्चनपुरबाट साढे तीन लाखका भन्सार छलीका सामान बरामद
मंगलबार बैशाख २, २०८२/ Tuesday 04-15-25
Paschim Today
_112025-04-15-05-16-02.jpeg)
धनगढीः कञ्चनपुरबाट साढे तीन लाखका भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ५० हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ६२ हजार, ६ सय इलाका प्रहरी कार्यालय बह्रमदेवले ५२ हजार र अस्थाइ प्रहरीबिट सुकाशालले १२ हजार ४५० गरि जम्मा ३ लाख ३२ हजार पचास मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले सोमवार बरामद गरेको हो।
उक्त मूल्य बराबरको भन्सार छलीको चप्पल, कस्मेटिक सामान,बिजुली,हार्डबेयरका सामान, कपडा,सुर्ती,चिनी, र गुट्खा पनयन्त्रमा लिइ आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जनाइएको छ।
तपाईको प्रतिक्रिया