सडक विस्तार गर्ने नाममा आफ्नाको जोगाउन सडकको चौडाइ घटाइयो

शनिबार बैशाख ६, २०८२/ Saturday 04-19-25
Paschim Today

कैलाली । धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा रहेका निर्माणाधीन सडकहरूको चौडाइ घटाएको भन्दै स्थानीयहरूले विरोध गरेका छन् । उप–महानगरपालिकाले वडा नम्बर ४ मा रहेका विभिन्न ४ वटा सडकहरूको चौडाइ नक्सामा भएको भन्दा कम गरेर कालोपत्रे गर्न लागेको भन्दै स्थानीयहरूले चर्को विरोध गरेका हुन् । 

पुरानो मुख्यमन्त्री कार्यालयदेखि पूर्वतर्फको शिवपुरी सडक जोड्ने निर्माणाधीन सडक नक्सा अनुसार नबनाए पछि स्थानीयहरूले उप–महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिएका छन् । सडक बिस्तार गर्ने नाममा उप–महानगरपालिकाले कसैको उठिबास लगाउने र आफ्नो नजिकका व्यक्तिहरूको घरजग्गा रहेको क्षेत्रमा नक्सामा कायम भएको सडकको चौडाइ पनि घटाएको पाइएको छ । 

सडक आफ्नै क्षेत्रभित्र निर्माणाधीन रहेको र सडक सहमतिका आधारले बनिरहेको उप–प्रमुख कन्दकला रानाको भनाइ छ ।

उपमहानगरपालिकाले भने सडक मापदण्ड अनुसार नै सडक निर्माण भइरहेको दाबी गरेको छ । नाली बाहिर एक मिटरभित्र विद्युतको पोल, खानेपानीको पाइप र फुटपाथ बनाउन सडकको क्षेत्र छोडेको धनगढी उप–महानगरपालिका वडा न।४ का अध्यक्ष बुद्धिबहादुर खड्काले बताए । 

आफ्ना निकटका व्यक्तिको सम्पत्ति संरक्षण गर्न दीर्घकालीन रूपमा असर पर्ने गरी सडकको चौडाइ घटाइएको स्थानीय नरोत्तम भट्टले बताउनुभयोए । 

यो क्षेत्रमा जग्गा पर्नेहरू वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्काको नजिकका व्यक्ति रहेकोले सडकको चौडाइ घटाइएको उनको भनाइ छ । 

केही व्यक्तिलाई फाइदा पुग्ने गरी सडक साँघुरो बनाएर कालोपत्रेको काम भइरहेको र त्यो पनि गुणस्तरहीन रहेको स्थानीय तीर्थराज जोशीले बताए । स्थानीयले निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको र जनप्रतिनिधिले आफ्नो नजिकका व्यक्तिको जग्गा र घर जोगाउन बदमासी गरेको भन्दै विरोध गरेका छन् । 

सुशासन तथा हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने नारा दिएर चर्चामा आएका धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालले नारा अनुसार काम गर्न नसकेको स्थानीयको आरोप छ ।

उजुरी पछि सो विषयमा उप–महानगरपालिकाका उप–प्रमुख स्थानीय घर नक्सा महाशाखाका कर्मचारी तथा उजुरकर्ता ९स्थानीय० बिच छलफल पछि सडकको स्थलगत निरीक्षण समेत गरिएको थियो । निरीक्षणमा पनि सडकको चौडाइ घटाइएको पाइएको छ । सडक चन्द्रशेखर डिजाइनिङ् कन्स्ट्रक्सन प्रा।ली।ले निर्माण गरी रहेको छ । बहु वर्षीय आयोजना अन्तर्गत निर्माण भइरहेका वडा नम्बर ४ का ४ वटा सडकको निर्माण कार्य २०८२ असार मसान्तको सम्पन्न गर्नुपर्ने सम्झौता छ । उक्त सडक निर्माण अहिले सुरुवाती चरणमा छ ।