१३ ग्राम लागुऔषधसहित एक युवक पक्राउ

शनिबार बैशाख ६, २०८२/ Saturday 04-19-25
Paschim Today

धनगढीः कञ्चनपुरको गड्डाचौकीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट १३ दशमलव २५ ग्राम लागुऔषधसहित शुक्लाफाटा नगरपालिका–११ का रामबहादुर बिष्ट पक्राउ परेका हुन्। प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले १३ दशमलव २५ ग्राम लागुऔषधसहित बिष्टलाई पक्राउ गरेको हो।

भारतबाट नेपाल पैदल हिडेर आइरहेका बिष्टलाई चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ। काजु बदाम र चियापत्ती भित्र लुकाएर ल्याइरहेको बेला उनलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ।