शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्न विद्यार्थी, शिक्षक, र समुदायको भूमिका

आइतबार बैशाख १४, २०८२/ Sunday 04-27-25
Paschim Today

हाम्रो समाज चेतनशील प्राणीले भरिभराउ रहेको छ। समुदायको उत्पत्ति भएसँगै समाजमा शिक्षित, अशिक्षित बर्गका मानिसहरूको बसाई यत्रतत्र छरिएर रहेको देखिन्छ। पछिल्लो समयको मूल्यांकनलाई हेर्दा टीकापुर परिसर भित्र ७७.८% कुल साक्षर दर रहेकोछ, टीकापुरमा मात्र नभई सिंगो राज्यमा पनि शिक्षित वर्गको उत्पत्तिले छलाङ मार्दै गएको प्रष्ट रुपमा देख्न सकिन्छ। समाजलाई कता तिर लैजाने के गर्दा उचित हुन्छ कस्तो नेतृत्व छनोट गर्ने लगायतको सकारात्मक देखि नकारात्मक कुराहरूलाई सजिलै सँग छुट्याउन सक्ने क्षमता शिक्षित वर्गमा नै निर्भर रहने हुन्छ, फलस्वरूप नै समाजको विकास वा अविकास हुने गर्दछ ।

नेपालमा जम्मा जम्मी ३५ हजार ६७४ वटा विद्यालयहरू रहेका छन् , उक्त विद्यालयहरू मध्य हामीले हाम्रो धरोहरलाई नेपालभरिका सम्पूर्ण विद्यालयहरू मध्य नमुनाको रूपमा चिनाउन जरुरी छ कि छैन? भन्ने महत्त्वपूर्ण प्रश्न एक पटक हामीले स्वंम, आफै, विद्यार्थी, शिक्षक, र सिंगो समुदाय प्रति गर्न जरुरी देखिन्छ।

जो कोहीलाई पनि आफ्नो ठाउँमा रहेको शैक्षिक क्षेत्रलाई सिंगो देशले मात्र नभै अन्तराष्ट्रिय स्तरमा समेत चिनोस भन्ने हुन्छ उक्त सकारात्मक पक्षलाई आत्मसात गरेर पहल गर्नको निमित्त तयार हुने कुरालाई हाम्रो नैतिकताले स्वीकार्ने की नाई ?भन्ने कुरालाई एक पटक मूल्यांकन गर्नु पर्ने देखिन्छ। शैक्षिक क्षेत्रसँग जोडिएका जोकोही पनि किन न हुन् उहाँहरुको पनि महत्तवपूर्ण भूमिका रहने गर्दछ।

शैक्षिक धरोहरले नै भविष्यका कर्णधारहरु जस्तै, शिक्षक, वकील, डाक्टर, इन्जिनियर, पाईलट, असल व्यक्ति लगायतका पद प्रतिष्ठामा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । पद प्रतिष्ठामा पुर्याउनको निमित्त हामीले हाम्रो विद्यालयमा प्रतक्ष्य अथवा अप्रतक्ष्य रूपबाट कस्तो खालको शिक्षा दिइरहेका छौं, भन्ने कुरामा निर्भर पनि हुने गर्छ। विद्यालयलाई हामीले दास्रो घरको रूपमा चिन्नु को अर्थ पनि यही अर्थात् भविष्य निर्धारण हो। हरेक घरका अभिभावकले विद्यालयसँग जोडिएका विद्यार्थी, शिक्षक लगायतमा भरपुर विश्वास राखेको हुन्छन।

किन भन्दा अहिलेको 21 औं सताब्दीमा जति पनि एक तहमा पुगेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरू पनि एउटा विद्यालयबाट शिक्षकहरुले राम्रो ज्ञान दिएको कारणले नै पुगेको हुन्छन, त्यसैले गर्दा आफू भन्दा पनि विद्यालयको धेरै भन्दा धेरै विश्वास गरेर विद्यालयको जिम्मामा आफ्नो सन्तलाई छोड्को हुन्छन्। हामीले अर्थात् विद्यार्थी, शिक्षकहरुले यस विषयलाई आत्मसात गर्ने की नाई भन्ने हो।

शिक्षा भनेको व्यक्तिको ज्ञान, सीप, व्यवहार, र सोचाइको विकास गर्ने प्रक्रियालाई जनाउने शब्द हो। यो केवल पाठ्यपुस्तकहरूमा सीमित नभई मानिसले आफ्नो अनुभव, वातावरण, संस्कृति, र अन्य मानिसहरूसँगको अन्तरक्रियाबाट सिक्ने प्रक्रिया पनि हो। शिक्षाले मानिसलाई जीवनमा सही निर्णय लिन, आफ्नो क्षमता पहिचान गर्न, र समाजको सकारात्मक विकासमा योगदान पुर्‍याउन सक्षम बनाउँछ। यसको मुख्य उद्देश्य व्यक्तिगत र सामूहिक सुधार गर्नु, नैतिकता र जिम्मेवारीको भावना विकास गर्नु, र समाजमा सभ्य नागरिक तयार गर्नु हो। 

शिक्षा जस्तो संवेदनशील तत्त्वको परिभाषा विद्वान अनुसार फरक फरक पाइन्छ जस्तै: - 

" शिक्षा सबै भन्दा शक्तिशाली हतियार हो जसलाई चलाई तिमी संसार बदल्न सक्छौं" - नेल्सन मण्डेला

"शिक्षा भनेको त्यस्तो प्रक्रिया हो, जसले व्यक्तिको चारित्रिक विकास गर्दछ र उसलाई स्वतन्त्र र जिम्मेवार बनाउँछ।" - रवीन्द्रनाथ ठाकुर

"शिक्षा भनेको व्यक्तिको भित्र लुकेको क्षमता र ज्ञानलाई बाहिर ल्याउने माध्यम हो।" - स्वामी विवेकान्द

शिक्षालाई व्यापक अर्थमा बुझ्ने हो भने जन्मिए देखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पूर्ण अनुभवलाई शिक्षा भन्न सकिन्छ।

शिक्षा औपचारिक (विद्यालय, कलेज, विश्वविद्यालय), अनौपचारिक (घरपरिवार, समाज), र गैरऔपचारिक (तालिम, कार्यशाला, आदि) तवरले प्रदान गर्न सकिन्छ तपाईं हामीले हरेक ठाउँबाट शिक्षालाई सहजै रूपमा प्राप्त गरी रहेका हुन्छौ, फरक यति हो कि हामीलाई कस्तो खालको शिक्षाले सकारात्मक बाटो तिर लैजान्छ अर्थात् अर्थ राख्दछ भन्ने हो ।

तपाईं हामीले हाम्रो शैक्षिक धरोहरमा आमूल परिवर्तन गर्नका लागि ठूलै कदम चाल्नु पर्छ भन्ने हुँदैन, "एक थुकी सुकी सय थुकी नदी" भने जस्तै हामीले सकारात्मक सोचबाट शिक्षा क्षेत्रमा अलिकति अलिकति शिक्षण पद्धतिमा सुधार, प्रविधिको प्रयोग, मूल्याङ्कन प्रणालीमा परिवर्तन, जीवनोपयोगी शिक्षामा जोडिन प्रयत्न गरेर सुरुवात गर्न सकिन्छ। शैक्षिक क्षेत्रमा आमूल परिवर्तन भन्नाले शिक्षाका सबै पक्षहरूमा ठूलो र आधारभूत परिवर्तन गर्ने प्रक्रिया वा दृष्टिकोणलाई जनाउँछ। यसले शिक्षाको संरचना, पद्धति, सामग्री, मूल्याङ्कन प्रणाली, र शिक्षण शैलीमा व्यापक सुधार वा पुनःपरिभाषा गर्ने उद्देश्य लिन्छ।

शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका मुख्य बुँदाहरू:

1. शिक्षण पद्धतिको सुधार:  परम्परागत रटानमुखी शिक्षण प्रणालीलाई समस्यामा आधारित सिकाइ अनुभवजन्य शिक्षा, र प्राविधिक शिक्षामा जोड दिनु। शिक्षक-केन्द्रित शिक्षणबाट विद्यार्थी-केन्द्रित शिक्षणतर्फ रूपान्तरण।

2. पाठ्यक्रम र सामग्रीमा सुधार: पुराना र सन्दर्भहीन पाठ्यक्रमलाई आधुनिक युगसँग सान्दर्भिक बनाउन। प्रविधि, उद्यमशीलता, सिर्जनशीलता, र व्यवहारिक सीपलाई प्राथमिकतामा राख्ने।

3. प्रविधिको प्रयोग: डिजिटल शिक्षालाई प्रवर्द्धन गर्ने (जस्तै: अनलाइन प्लेटफर्म, शैक्षिक सफ्टवेयरको उपयोग)। ग्रामीण र दुर्गम क्षेत्रमा डिजिटल पहुँचलाई समान बनाउने।

4. समानता र पहुँच: सबै वर्ग, लिङ्ग, र भूगोलका मानिसहरूका लागि शिक्षा पहुँचयोग्य बनाउने। सामाजिक र आर्थिक रूपमा पछाडि परेका समूहहरूलाई प्राथमिकता दिनु।

5. मूल्याङ्कन प्रणालीमा परिवर्तन: केवल परीक्षामा आधारित मूल्याङ्कनको सट्टा, विद्यार्थीको सीप, व्यवहार, र कार्यक्षमता पनि जाँच गर्ने प्रणाली अपनाउने।

निरन्तर मूल्याङ्कन र प्रोजेक्ट-आधारित परीक्षण।

6. शिक्षकको भूमिकामा परिवर्तन: शिक्षालाई केवल पाठ्यपुस्तकसम्म सीमित नगरी, शिक्षकलाई मार्गदर्शक र प्रेरणादायक बनाउने। शिक्षकहरूको नियमित तालिम र क्षमता अभिवृद्धिमा जोड दिने ।

शैक्षिक क्षेत्रमा आमूल परिवर्तनले नयाँ युगका चुनौतीहरू सामना गर्न सक्षम युवा पिँढी तयार गर्न सहयोग पुर्‍याउँछ। यो परिवर्तनले व्यक्ति र समाजको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठोस योगदान दिन्छ।

विद्यार्थीको भूमिका :

विद्यार्थी भनेको एउटा सिकी रहेको र सिकेको कुरालाई व्यवहारिक रूपमा सजिलै सँग ढाल्न सक्ने एक सिकारु हो। अर्को अर्थमा भन्नु पर्दा विद्यार्थी भनेको अध्ययन गर्ने व्यक्ति हो, यो शब्दले कुनै शैक्षिक संस्थामा औपचारिक रूपमा अध्ययन गर्ने व्यक्ति मात्र नभई ज्ञान, सीप, वा कुनै विशिष्ट विषय सिक्न प्रयासरत सबैलाई जनाउँछ संक्षेपमा, विद्यार्थी भन्नाले जीवनको कुनै पनि चरणमा ज्ञान आर्जनका लागि प्रयासरत व्यक्ति हो।

शैक्षिक क्षेत्रमा विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुन्छ,शैक्षिक क्षेत्रमा विद्यार्थीले साँच्चै नै आमूल परिवर्तन ल्याउन सक्छ। एउटा तातो रगत भएको चौतर्फिबाट ज्ञान आर्जन गरिरहेको विद्यार्थीले आफूले आफ्नो मन मस्तिष्कलाई सही बाटोमा केन्द्रित गरेर विद्यालय क्षेत्रमा फड्को मार्न सक्छ। विद्यार्थीले आफूले सिकेको ज्ञानलाई सही तरिकाले प्रयोग गरेर आफ्नो व्यक्तिगत विकास मात्र नभई, शैक्षिक प्रणाली र समाजमा पनि योगदान दिन सक्छ ।

शिक्षा क्षेत्रमा भयका अनैतिक क्रियाकलापहरूको खबरदारी गरेर, अनुशासनको पालन गरेर, समाज सुहाउँदो सामाजिकपनको विकास गरेर, समाजमा भयका कुरीति, कुसंस्कार, को अन्त्य गरेर यस्तै गलत कार्यहरुलाई विद्यालय परिसर भित्र ल्याउन बन्देज गरेर , साथै विद्यालयमा हुने गलत राजनीति जस्तै शिक्षक नियुक्त, पदउन्नति, छात्रवृति, भोज लगायतको कार्यमा पनि प्रतक्ष्य रूपमा खबरदारी गरेर, गुरु गुरुआमा हरुसंग सुमुधुर सम्बन्धन कायम राख्ने, विद्यालय परिसर भित्र होस् या बाहिर होस् झैझगडा, गुण्डागर्दीबाट टाढा हुने, आफूले सिकेको नयाँ ज्ञानलाई विद्यालयका शिक्षक, शिक्षिका, साथीभाइहरू सँग ज्ञान साटासाट गर्ने, ठूलालाई कदर, सानोलाई माया गर्ने, कक्षाकोठामा पनि जानेको बुझेको कुरा आफूसँग मात्र नभई सबै साथीभाइहरुलाई सिकाउने, आफ्नो मात्र प्रगति नगरी सिंगो कक्षाकोठा र विद्यालयको विकास गर्ने, त्यस्तै गरी एउटा असल विद्यार्थी भयर, समाजमा कसैले सोध्दा पनि फलानो विद्यालयको छात्र/ छात्रा हो भन्दा उक्त विद्यालयमा यति राम्रो विद्यार्थीहरू अध्ययन गर्दा रहेछन् भन्ने एक उदाहरणीय बनेर हामीले आफ्नो भूमिका निर्वाह गर्न सक्छौं ।

विद्यार्थीको भूमिका शिक्षण-प्रक्रियामा एक महत्त्वपूर्ण स्तम्भको रूपमा रहन्छ। उनीहरूले निष्ठा, परिश्रम, र अनुशासनको साथ अध्ययन गरी आफ्नो व्यक्तिगत तथा सामूहिक विकासमा योगदान पुर्‍याउनुपर्छ, जस्तै :-

1. ज्ञानको खोजी

2. समाजसेवा

3. अनुशासन र समय व्यवस्थापन

4. सकारात्मक दृष्टिकोण

5. नेतृत्व क्षमता विकास

6.व्यक्तित्व विकास आदि 

शिक्षकको भूमिका:-

शिक्षकलाई आमा बुवा पछिको गुरुको रूपमा हेर्न सकिन्छ र वास्तविक पनि हो। अँध्यारो बाट उज्यालो तर्फ उन्मुख गराउने एक मात्र पेसा अथवा कार्य भनेको एउटा गुरुले नै गर्ने गर्दछन। शिक्षकको भूमिका समाजमा मार्गदर्शक, प्रेरक, र ज्ञानको सञ्चालकको रूपमा महत्त्वपूर्ण छ। 

शिक्षकको भूमिकामा तलको बुँदामा उल्लेखित कुराहरूलाई मात्र सीमित नराखी विद्यालयमा हुने हरेक कार्यमा चासो दिएर समाजमा हाम्रो विद्यालयलाई कुन तवरले हेरी रहेको छ सकारात्मक छ भने अझै राम्रो बनाउने तिर लाग्ने र नकारात्मक छ भने कसरी त्यसलाई सुधार्न सकिन्छ भन्ने विषयमा पनि गहन रूपमा अध्ययन गरेर सम्बोधन गर्न जरुरी देखिन्छ, साथै शैक्षिक क्षेत्रमा हुने विकृति विसंगति भष्ट्रचारी लगायतका गलत प्रवृत्तिहरूलाई पनि जडाबाट नै उखेलेर फाल्न तम्तयार हुन जरुरी हुनु पर्ने हुन्छ।

अधिकांस शिक्षकहरूको उद्देश्य के हुन्छ भने आफूलाई दिएको जिम्मेवारी मात्र पूरा गर्ने अर्थात् आफ्नो विषय वस्तुमा मात्र सीमित भयर अध्ययन अध्यापन गराउने बाकी कुराहरूलाई मतलब नै नगरी हिड्ने गरेको पर्याप्त रूपमा देख्न सकिन्छ । त्यति मात्र नभई कुनै कुनै शिक्षक त यति सम्म पनि गर्छन कि सम्बन्धित विद्यालयमा बर्जसो कायम गराउनुको निमित्त राजनीतिक दलीय हिसाबमा प्रवेश गरेको हुन्छन् उक्तः खालका रुढीवादी सोच भएका अथवा गलत स्वार्थ ल्याएर आएका शिक्षकहरूलाई पनि बेलैमा मसिनो तवरले बुझेर खबरदारी गर्न शिक्षकहरूको भूमिका पनि महत्तवपूर्ण रहन्छ।

शिक्षकहरूले किताबी ज्ञानको कुराहरूमा मात्र सीमित नराखी सम्बन्धित विद्यालयलाई एक उचाई मा चिनाउनको निम्ति फरक तरिकाले ज्ञान साटासाट गर्ने खालको क्रियाकलापमा जोड दिँदा सुनमा सुगन्ध थपिए जस्तो हुन्छ होला, जस्तै कुनै पनि किताबी ज्ञानको कुराहरूलाई मस्तिष्कमा मात्र न राखी व्यवहारिक जीवनमा पनि प्रयोगमा ल्याउने हिसाबले अर्थात् एक शब्दमा भन्नु पर्दा व्यवहारिक सैलिको वैज्ञानिक शिक्षालाई आत्मसात गरेर अगाडि बढ्दा विद्यालयमा केही नयाँ र फरक सिकाइ उपलब्धि हुन् सक्ने हुन्छ। फलस्वरूप विद्यार्थीहरू व्यवहारिक बन्नमा वा सफल हुनुमा कुनै आईतबारलाई पर्खी राख्नु पर्दैन जस्तो लाग्छ।

अर्को कुरा शैक्षिक क्षेत्रमा शिक्षकहरू अलि अल्छी हुने, जसले गर्दा विद्यार्थीहरुमा ज्ञानको ज्योति बाल्नुको सट्टा भएको ज्ञानलाई पनि विसर्जन गरे जस्तो हुन्छ, तत् अनुसार शिक्षकहरुले पनि बढी भन्दा बढी मिहिनेत गरेर आफ्नो सन्तानको नाताले कुनै भेदभाव नगरी चौतर्फी रूपमा शिक्षा दीक्षा दिनु उपयुक्त देखिन्छ।

इतिहासलाई हेर्ने हो भने अहिलेका राम्रो ठाउँमा पुगेका व्यक्तिहरू भनेका विगतका औपचारिक रूपमा शिक्षा दिने शिक्षकहरू नै छन् । तसर्थ हामीले यस कुरालाई आत्मसाथ गरेर अगाडि बढ्यो भने पक्कै पनि एउटा विद्यार्थीको भविष्य मात्र उज्जल नभई सिंगो विद्यालयको, समाजको प्रगति हुने छ र भविष्यमा विद्यार्थी केन्द्रित विद्यालयको रुपमा वास्तविक रूपमा नै चिनाउनुको निमित्त महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ ।

बुँदागत रूपमा शिक्षकको भूमिका निम्न प्रकारले प्रष्ट पार्न सकिन्छ ।

1. ज्ञान प्रदान गर्ने

2. प्रेरणा दिनु

3. नेतृत्व प्रदान गर्नु

4. मूल्य र अनुशासन सिकाउनु

5. व्यक्तिगत विकासमा सहयोग पुर्याउनु आदि

नोट: "शिक्षक केवल ज्ञानको स्रोत होइन, जीवन निर्माणको आधार पनि हुन्।"

 

समुदायको भूमिका:-

समुदाय भन्नाले समान भूगोल, संस्कृति, मूल्य, विश्वास वा लक्ष्य साझा गर्ने व्यक्तिहरूको समूहलाई जनाउँछ। यो समूह कुनै स्थान विशेषमा आधारित हुन सक्छ (जस्तै गाउँ, शहर, सिंगो देश आदि ) वा साझा रुचि र उद्देश्यमा आधारित (जस्तै धार्मिक, पेशागत, समुदायहरू) हुन सक्छ। समुदायका सदस्यहरूबीच सहकार्य, सहयोग र आपसी समर्थनको भावना हुन्छ, जसले उनीहरूको जीवनलाई सकारात्मक रूपमा प्रभावित गर्दछ। समाजमा सब्य व्यक्तिहरूको बसोबास हुँदा समाजलाई एक उचाई दिन सकिन्छ त्यसको लागि सम्पूर्णले लागि पर्नु पर्ने हुन्छ ।

शैक्षिक क्षेत्रमा समुदायको भूमिका शिक्षाको गुणस्तर सुधार्न, विद्यार्थीको समग्र विकासमा योगदान दिन, र समावेशी वातावरण निर्माण गर्न महत्त्वपूर्ण हुन्छ। अभिभावक, शिक्षक, र स्थानिय समुदायको सहकार्यले स्रोत व्यवस्थापन, मार्गदर्शन, र प्रोत्साहन दिन सहयोग गर्छ, जसले शिक्षा प्रभावकारी र दिगो बनाउँछ।

विद्यालय जस्तो पवित्र शैक्षिक संस्था समुदायबाट टाढा अथवा अलग हुन् कहिले सक्दैन त्यस्तो हुनु भनेको आकाशको फल आँखा तरी मर भने जस्तै हो विद्यालयमा अध्ययन गर्ने छात्र / छात्रा त्यस्तै गरी अध्यापन गराउने शिक्षक शिक्षिका कर्मचारी आदि लगायतका जनशक्तिहरु यही समाजबाट नै उत्पत्ति भएको हुन्छन विद्यालयलाई कस्तो विद्यार्थी, शिक्षक, शिक्षिका लगायतको जनशक्ति दिने भन्ने कुराहरु प्रतक्ष्य रूपमा समुदायमा भर पर्ने हुन्छ त्यति मात्र नभई विद्यालयले पनि कस्तो खालको जनशक्ति उत्पादन गरी रहेको छ भन्ने कुराहरूलाई मध्यनजर गरेर पनि मसिनो तवरले बुझ्न जरुरी हुन्छ ।

शैक्षिक क्षेत्र अर्थात विद्यालय समाजमा नै स्थापना हुने भएकोले गर्दा विद्यालय जस्तो पवित्र शैक्षिक क्षेत्रमा हुने विकृति विसंगती गलत कार्य लगाएतको नकारात्मक कार्यहरुलाई विद्यालय परिसर भित्र बन्देज गरी उक्त विद्यालयको विकाशमा जोड दिनको साथै समाज सुहाउँदो विकासुनमुक, जीवनोपयोगी विज्ञानिक शिक्षा लागू गराउनको लागि समुदायको भूमिका एकदमै महतत्वपूर्ण हुन्छ ।

खबरदारी मात्र नगरी राम्रो कार्यमा सहयोग समर्थन र प्रोत्साहन गर्नको लागि पनि समुदाय कहिले पनि पछि हट्नु हुदैन, वर्तमानलाई मात्र न हेरी भविष्यको लागि के कत्तिको प्रगति अथवा शिक्षामा दिगो विकास भइरहेको छ कि छैन भन्ने विषयमा बेलाबखत समुदायले अनुगमन गरी सुधार्ने तर्फ उन्मुख हुन पर्ने हुन्छ ।

शैक्षिक क्षेत्रमा समुदायको भूमिका अत्यन्त महत्त्वपूर्ण र बहुआयामिक छ। समुदायले विद्यालयको स्थापनादेखि सञ्चालनसम्म, नीति निर्माणदेखि शिक्षण गुणस्तर सुधारसम्मका विविध पक्षमा सहयोग पुर्‍याउँछ। शिक्षा केवल विद्यालयभित्र सीमित विषय होइन, यो समाजको समग्र विकाससँग जोडिएको प्रक्रिया हो।

त्यसैले समुदायले शिक्षामा प्रत्यक्ष र अप्रत्यक्ष योगदान दिएर शिक्षालाई प्रभावकारी, सान्दर्भिक, र सबल बनाउन भूमिका खेल्छ। समुदायले शैक्षिक संस्थाहरूलाई भौतिक र आर्थिक स्रोतको व्यवस्थापनमा सघाउँछ। विद्यालय भवन निर्माण, पठनपाठन सामग्रीको जोहो, तथा अन्य पूर्वाधार विकासमा समुदायको समर्थनले विद्यालयलाई सुदृढ बनाउँछ।

साथै, शिक्षण–सिकाइ प्रक्रियामा समुदायले सक्रिय सहभागिता जनाउँदा विद्यार्थीलाई थप प्रेरणा मिल्दछ। समुदायले शिक्षा नीति र व्यवस्थापनमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। विद्यालय व्यवस्थापन समितिमा सामेल भएर समुदायले विद्यालयको सञ्चालन, शिक्षकको नियुक्ति, र पाठ्यक्रमलाई व्यवहारिक बनाउन योगदान दिन्छ। यो सहभागिताले शिक्षालाई स्थानीय आवश्यकता र परिप्रेक्ष्यसँग जोड्न मद्दत पुर्‍याउँछ। विद्यार्थीको सिकाइमा पनि समुदायको भूमिका महत्त्वपूर्ण छ।

घरको वातावरण सिकाइमैत्री बनाउनु, बालबालिकालाई विद्यालय पठाउन प्रोत्साहन गर्नु, र नियमित उपस्थितिमा ध्यान दिनुले विद्यार्थीको प्रगति सुनिश्चित गर्न सहयोग गर्दछ। साथै, समुदायले आफ्नो स्थानीय ज्ञान, संस्कार, र परम्परालाई पाठ्यक्रममा समावेश गराएर शिक्षालाई व्यवहारिक र प्रभावकारी बनाउने अवसर प्रदान गर्दछ।

यसले विद्यार्थीलाई आफ्ना जरा र पहिचानसँग जोडेर समग्र विकासमा सघाउँछ। निगरानी र मूल्याङ्कनका क्रममा पनि समुदायको भूमिका प्रमुख छ। विद्यालयमा हुने गतिविधि, शिक्षकहरूको कार्यसम्पादन, र विद्यार्थीको शैक्षिक प्रगतिमा समुदायको अनुगमनले शिक्षाको गुणस्तर सुधार्न मद्दत पुर्‍याउँछ।

यसरी, शैक्षिक क्षेत्रमा समुदायको सक्रिय सहभागिता र सहयोगले मात्र शिक्षालाई सबैका लागि पहुँचयोग्य, समावेशी, र गुणस्तरीय बनाउन सकिन्छ। समुदाय र शिक्षाको आपसी सहकार्यले समाजको दीर्घकालीन विकास सुनिश्चित गर्दछ।

 

शैक्षिक क्षेत्रमा समुदायको भूमिका बुँदागत रूपमा:

1. विद्यालय स्थापनामा सहयोग

2. शैक्षिक स्रोतको व्यवस्था

3. नीति निर्माण र निर्णयमा सहभागिता

4. शिक्षक र विद्यालयसँग सहकार्य

5. स्थानीय ज्ञान र संस्कृतिको प्रवर्द्धन

6. विद्यार्थीको मनोबल बढाउने भूमिका

7. समाजमा शिक्षाको महत्त्व फैलाउनु

8. शैक्षिक कार्यक्रममा सहभागी /सञ्चालन आदि

शैक्षिक क्षेत्रमा विद्यार्थी, शिक्षक र समुदायको भूमिका एक अर्कामा जडित र परस्पर सहयोगी हुनु अत्यन्त महत्वपूर्ण छ।

तसर्थ, शैक्षिक क्षेत्र, विद्यार्थी, शिक्षक र समुदाय बीचको सम्बन्ध सुमधुर हुनु अत्यन्त आवश्यक छ, किनकि यसले शिक्षा प्रणालीको प्रभावकारिता र गुणस्तरमा महत्वपूर्ण प्रभाव पार्छ। यस्ता सुमधुर सम्बन्धहरूले विभिन्न स्तरमा सकारात्मक परिणामहरू उत्पन्न गर्न मद्दत पुर्याउँछन्।

जब शिक्षक, विद्यार्थी र समुदाय एक अर्कासँग सहकार्य गरेर काम गर्छन्, तिनीहरूले एक आपसमा सहज र सहयोगपूर्ण वातावरण सिर्जना गर्छन्। यसले शैक्षिक संस्थामा सकारात्मक ऊर्जा ल्याउँछ, जसका कारण विद्यार्थीहरूले थप ध्यान र परिश्रमसँग अध्ययन गर्न सक्छन्। विद्यार्थीहरूको मात्र शैक्षिक ज्ञान नै होइन, मानसिक र सामाजिक विकास पनि महत्वपूर्ण छ।

शिक्षक र समुदाय बीचको राम्रो सम्बन्धले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा मद्दत पुर्याउँछ। शिक्षकले समुदायका आवश्यकताअनुसार पाठ्यक्रम र गतिविधिहरूलाई परिमार्जन गर्न सक्छन्, जसले विद्यार्थीलाई समाजसँग जोड्ने कार्य गर्छ। जब शिक्षक र समुदाय बीच राम्रो संवाद र सहयोग हुन्छ, उनीहरूले विद्यालयका समस्याहरू मिलेर समाधान गर्न सक्छन्।

यसले विद्यार्थीहरूको शैक्षिक अनुभवलाई सहज र सुधारात्मक बनाउँछ। समुदायको सक्रिय संलग्नताले विद्यालयलाई अतिरिक्त संसाधन र समर्थन पुर्याउन सक्छ, जसले शिक्षकलाई आफ्नो काममा थप प्रोत्साहन दिन्छ। जब शिक्षक र समुदाय मिलेर काम गर्छन्, तिनीहरूले शिक्षा र संस्कारको महत्त्वलाई समाजमा प्रगट गर्छन्। यसले विद्यार्थीहरूमा शैक्षिक मूल्य र समाजप्रति उत्तरदायित्वको भावना जगाउँछ।

शिक्षक र समुदायबीचको सुमधुर सम्बन्धले समाजमा शिक्षा र सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनमा मद्दत पुर्याउँछ। शिक्षक र विद्यार्थीबीचको विश्वासपूर्ण र प्रेरणादायक सम्बन्धले विद्यार्थीलाई आत्मविश्वास र अध्ययनप्रतिको रुचि दिन्छ। यसले शिक्षकलाई आफ्नो कार्यमा अझ जिम्मेवार र उत्साही बनाउँछ। समुदायका सदस्यहरूले विद्यालय र शिक्षकलाई सम्मान र समर्थन जनाउँदा तिनीहरूले सकारात्मक असर पुर्याउँछन्, जसले विद्यार्थीलाई शिक्षामा लक्षित गर्न प्रोत्साहित गर्छ।

अतः शैक्षिक क्षेत्र, विद्यार्थी, शिक्षक र समुदाय बीचको सम्बन्ध सुमधुर हुनु शैक्षिक प्रणालीको सफलताको लागि अनिवार्य छ। यस प्रकारको सम्बन्धले सबै पक्षलाई लाभ पुर्याउँछ र शिक्षा प्रणालीलाई समृद्ध र प्रभावकारी बनाउँछ।

(लेखक सुनिल बहादुर भुल समसायिक विषयमा चासो राख्ने राजनीतिक शास्त्रका विद्यार्थी हुन । )