चोरी मुद्दामा फरार धनगढीका एक युवक पक्राउ

शनिबार बैशाख २०, २०८२/ Saturday 05-03-25
Paschim Today

धनगढीः चोरी मुद्दामा फरार धनगढीका एक युवक पक्राउ परेका छन्।

 

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ४ महिना २९ दिन कैद सजाय तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका८ धनगढीगाँउ बस्ने २९ वर्षीय करन राना पक्राउ परेका हुन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो।