कैलालीका एक वडाध्यक्षमाथि कुटपिट
बुधबार बैशाख २४, २०८२/ Wednesday 05-07-25
Paschim Today

धनगढी । कैलालीको कैलारी गाउँपालिका-७ का वडाध्यक्ष दीपेन्द्र बममाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलमा वडाध्यक्ष बम र त्यही बस्ने युवाहरूबिच वैशाख १५ गते राति कुटाकुट भएको हो उनलाई कुटपिट गरेको आरोपमा ३ जना युवाहरू १० दिनदेखि प्रहरीको थुनामा रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले कुटपिटको घटनामा संलग्न रहेको आरोपमा ३ जना नियन्त्रणमा रहेको जानकारि दिए। उनले धनगढी उपमहानगरपालिका-८ का २८ वर्षीय सन्तोष चौधरी, कैलारी गाउँपालिका-२ बसौटी घर भइ धनगढी-८ मा बस्दै आएका २२ वर्षीय अनुराज चौधरी र २७ वर्षीय महेन्द्र चौधरी प्रहरीको थुनामा छन्। कुटपिटमा संलग्नहरू विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया