स्थानिय सेवा ऐन जारी गर्न माग गर्दै ८८ वटै पालिकाका कर्मचारी आन्दोलनमा

धनगढी। सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका कर्मचारी धनगढी केन्द्रित आन्दोलनमा उत्रिएका छन् । स्थानीय सेवा ऐन यथाशीघ्र जारी गर्न माग गर्दै स्थानीय सेवा ऐन कर्मचारी प्रदेश सङ्घर्ष समितिको आयोजनामा कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।
धनगढीको पार्क मोडबाट आन्दोलन सुरु गर्दै मुख्यमन्त्री कार्यालय अगाडी गएर कर्मचारीहरू धर्ना बसेका छन् । आफ्ना माग सम्बोधन गर्न प्रदेश सरकारलाई पटक पटक आग्रह गरे पनि व्यवास्था गरेको उनिहरुको गुनासो छ । यस पटक माग सम्बोधन नभए कुनै पनि कर्मचारी स्थानीय तहका कार्यालयमा हाजिर नहुने चेतावनी समेत दिएका छन् ।
डोटीको आदर्श गाउँ“पालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारी पदम विष्टले अन्य प्रदेशले स्थानीय सेवा ऐन बनाएर लागु गरी सक्दा सुदूरपश्चिमले ऐन जारी गर्न नसकेको प्रति आक्रोश व्यक्त गरे । उनले ऐन नबन्दा कर्मचारीको सरुवा, बढुवा देखि अन्य वृद्धि विकासमा समस्या भएको सुनाए ।
२०८० देखि ऐन जारी गर्न माग राखे पनि समयमा सम्बोधन नहु“दा आन्दोलनमा उत्रिनु परेको डेडल्धुराको भागेश्वर गाउँ“पालिकाका कर्मचारी बिर बहादुर खड्काले बताए । सरकारले यथाशीघ्र ऐन जारी नगरे सबै स्थानीय तहमा ताला बन्दी गरेर आन्दोलन महिनौँ सम्म लम्बाउने कर्मचारीहरूको भनाइ छ ।
तपाईको प्रतिक्रिया