बुद्धको मार्गले सामाजिक एकता र सहअस्तित्व बलियो बनाउँछ : प्रदेश प्रमुख मियाँ

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बुद्धको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नतिमात्रै नभई सामाजिक एकता र सहअस्तित्वलाई बलियो बनाउने गरेको बताएका छन् ।
२५६९ औं बुद्ध जयन्तीको अवसरमा आज शुभकाना दिदै प्रदेश प्रमुख मियाँले यस्तो बताएक हुन । उनले सम्पूर्ण नेपाली जनता, बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गरे ।
विश्व शान्तिका अग्रदूत एवम् राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्ने प्रदेश प्रमुखको विश्वास छ । उनले अहिंसा नै शान्ति र मैत्रीको आधारशिला भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन।
समाजमा सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न बुद्धको शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने मियाँको विश्वास छ । उनले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानव जातिलाई हिंसा र युद्धको बाटो परित्याग गरी अहिंसा, मित्रता र विश्वबन्धुत्वको मार्गमा अग्रसर हुने प्रेरणा मिलोस भनेर शुभकामना व्यक्त गरे ।
तपाईको प्रतिक्रिया