ग्रेस इन्टरनेशनलले एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई ‘दिपेन्द्र सिंह ऐरी छात्रवृत्ति’ प्रदान गर्ने घोषणा

बिहीबार जेठ ९, २०८२/ Thursday 05-22-25
Paschim Today

काठमाडौं । ग्रेस इन्टरनेशनल एजुकेशन माइग्रेशनले एसइई उत्तीर्ण विद्यार्थीलाई ‘दिपेन्द्र सिंह ऐरी छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ ।

एसइई उत्तीर्ण विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यका साथ ग्रेस इन्टरनेशनलले छात्रवृत्तिको घोषणा गरेको हो । जसमा विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।

ग्रेस इन्टरनेशनलले यो छात्रवृत्ति नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीको सम्मानमा सुरु गर्न लागेको हो । छात्रवृत्तिको माध्यमबाट शैक्षिक रूपमा योग्य विद्यार्थीलाई प्लस टु वा डिप्लोमा अध्ययनमा सहजता सिर्जना गर्न प्रोत्साहन दिनु यसको मुख्य उद्देश्य रहेको छ ।

शिक्षा कुनै विशेषाधिकार होइन, सबैको अधिकार हो भन्ने विश्वास रहेको र यो छात्रवृत्तिको माध्यमबाट एक महान प्रेरणादायी राष्ट्रिय खेलाडीको सम्मान गर्दै आगामी पुस्ताको सम्भावनालाई उजागर गर्ने लक्ष्य लिएको ग्रेसले जनाएको छ ।

छात्रवृत्तिका लागि छानिएका विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति प्रदान गरिनेछ । देशैभरिका एसइई दिएका विद्यार्थीले छात्रवत्तिका लागि आवेदन दिनसक्ने छन् । तयसैगरि प्लसटुको परीक्षा दिएका विद्यार्थीले पनि डिप्लोमा अध्ययनको लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक विद्यार्थीले जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाईनमार्फत आवेदन दिन सकिनेछ ।