बैतडीमा दुई पटक भूकम्पको धक्का

शुक्रबार जेठ १०, २०८२/ Friday 05-23-25
Paschim Today

बैतडी । बैतडीमा दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः ४८ बजे ५ दशमलव १ र २: ०० बजे ३ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएकाे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ ।

दुईपटक कम्पन भएपछि स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्र जनाएकाे छ ।

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको जनाइकाे छ ।