‎सायल गाउँपालिकाद्वारा महिलालाई बाख्रा वितरण

शुक्रबार जेठ १०, २०८२/ Friday 05-23-25
Paschim Today

डोटी । सायल गाउँपालिकाले महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिंदै बाख्रा वितरण गरेको छ।

‎विहिवार गाउँपालिकाको वार्षिक अनुदान कार्यक्रम अन्तर्गत वडा नं। ३ स्थित केदारेश्वर कृषी समूहका महिलालाई बाख्रा वितरण गरिएको छ।

‎गाउँपालिकाले समावेशी विकास र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले महिलालाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रम अन्तर्गत २५ जना महिलालाई बाख्रा वितरण गरिएको हो।

‎ गाउँपालिका अध्यक्ष धर्मराज जोशीले महिलालाई आत्मनिर्भर बनाउन कृषि तथा पशुपालनजस्ता कार्यक्रमबाट महिलाले घरमै बसेर आम्दानी गर्न सक्ने वातावरण बनाउन बाख्रा वितरण गरिएको बताए ।

‎उहाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

‎गाउँपालिका उपाध्यक्ष निर्मला बोहरा ओलीले महिलाको आर्थिक सशक्तीकरण आत्मविश्वास बढाउनुका साथै घरेलु आय वृद्धिमा सहयोग पुगोस् भन्ने उद्देश्यले समुहका महिलाहरुलाई माउ बाख्रा वितरण गरिएको जानकारी दिएका छन।

‎समुहका महिलाहरूले गाउँपालिकाले दिएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै पाउने बाख्राबाट व्यवसायिक उत्पादनतर्फ लाग्ने प्रतिबद्धता जनाए ।