नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढीको अध्यक्षमा लक्ष्मण ठकुराठी

कैलाली । नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ, धनगढी शाखाको बाह्रौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा लक्ष्मण ठकुराठी नयाँ अध्यक्षमा चयन भएका छन्।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ केन्द्रीय कमिटीका अध्यक्ष श्याम मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सागर भट्ट, उपाध्यक्षमा जीवन खडका, सचिव पारस फुलारा, सहसचिव हरीराम चौधरी, सहसचिव गोविन्द चन्द, कोषाध्यक्ष बासमती चौधरी, सहकोषाध्यक्ष जीवन बडु चयन भएका छन् । सदस्यहरूमा क्रमसः आशिष चौधरी, सुभाष अधिकारी, मंयक चौधरी, विष्णु बोहरा, मुकेश धानुक चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष ठकुराठीले संस्थाभित्र रहेका विकृति र विसङ्गतिहरूलाई सुधार गर्दै संस्थालाई थप सक्षम बनाउने प्रतिबद्धता जनाएका छन्। उनले संस्थाको आफ्नै भवन निर्माण गरी सेवा र सुविधा प्रदान गर्ने लक्ष्य लिएको बताए ।
कार्यक्रममा विभिन्न संस्थामा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया