एमाले संसदीय दलको बैठक जारी
सोमबार जेठ २०, २०८२/ Monday 06-02-25
Paschim Today

एमाले संसदीय दलको बैठक जारी
काठ्माण्डौँ- सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक अहिले बसिरहेको छ । १५ जेठमा सरकारले बजेट प्रस्तुत गरेपछि त्यसबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बसेको हो ।
एमाले प्रमुख सचेक महेश बर्तौलाका अनुसार सांसदहरूलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्पष्ट पार्नेछन् । बजेट विनयोजनका विषयमा कतिपय सांसदहरूमा भएका अष्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले बताए ।
संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्देश्यले आजको बैठक डाकिएको बर्तौलाले बताए । यसका साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ । यसका साथै राजावादीका पछिल्ला गतिविधिबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया