धनगढीमा विद्युतीय गाडी दिगो डाँफेको शो रुम सञ्चालन

शुक्रबार जेठ २४, २०८२/ Friday 06-06-25
Paschim Today

धनगढी, २२ जेठ ।
धनगढीमा विद्युतीय गाडी दिगो डाँफेको शो रुम सञ्चालनमा आएको छ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको आधिकारिक विक्रेता ख्वाजा टेड्रर्सले धनगढीको बोराँडाडीमा डिएफएसके डाँफेको शो रुपमा सञ्चालनमा ल्याएको हो ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले बिहीवार शो रुमको उद्घाटन   गरे ।

उद्घाटन कार्यक्रममा नेपालका लागि डिएफएसके डाँफे ब्राण्डका आधिकारिक विक्रेता एनईभी नेपाल प्रा.लि.का सिईओ सौरभ श्रेष्ठले डाँफे डिएफएसके डाँफे ब्राण्ड नेपाल भित्रिएको पहिलो विद्युतीय गाडी भएको दावी गरे ।

उनले ५ लाख किलोमिटर गुडिसकेको डाँफे डिएफएसके विद्युतीय गाडी ५ बर्षदेखि नेपालका सडकहरुमा गुडिररहेको   बताए ।

सिईओ श्रेष्ठले पुरै मेटल बडी भएका डाँफे डिएफएसकेका गाडीहरु ग्राउण्ड क्लियर्स उच्च भएका कारण पहाडी सडक र कच्ची सडकका लागि समेत उपयुक्त भएको बताए ।

उनले डिएफएसके ब्राण्ड उत्कृष्ट फिचरहरुका कारण विद्युतीय गाडीहरु चढ्ने र सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीहरुको रोजाईमा परेको बताए ।

ख्वाजा टेड्रर्सका प्रबन्ध निर्देशक डाक्टर मेराज आलम अन्सारीले गाडी बिक्रीभन्दा पनि ग्राहकहरुको सुविधाका लागि एउटै छानामुनी सर्विस र पार्टस्को सुविधा पनि उपलब्ध रहेको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा नेपाल अटोमोबाईल्स एसोसिएसन सुदुरपश्चिमका अध्यक्ष पुष्कर ओझा, सुन्दर सुदुरपश्चिम यातायातका अध्यक्ष पमराज सापकोटा, खप्तड यातायातका अध्यक्ष अनन्तराज जोशी शुभकामना मन्तव्य व्यक्त गरे ।