विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गर्दै मुक्तिनाथ विकास बैंक

डोटी : मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत डोटी जिल्लाको श्री नवप्रभात आधारभूत विद्यालय, काँडामाण्डुमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ।
कोहलपुर क्षेत्रीय कार्यालय अन्तर्गत सञ्चालित कार्यक्रममा बैंकले कक्षा १ देखि ८ सम्म अध्ययनरत ८७ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो। सो अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै बैंकका प्रतिनिधिहरूले मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरताका क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको जानकारी दिए।
मुक्तिनाथ विकास बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।
तपाईको प्रतिक्रिया