अत्तरियामा चोकमा आकाशे पुल निर्माण गरिने

शुक्रबार असार ६, २०८२/ Friday 06-20-25
Paschim Today

धनगढी । कैलालीको अत्तरियामा आकाशे पुल निर्माण गरिने भएको छ ।

गोदावरी नगरपालिकाको १५ औं नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमकै पहिलो आकाशे पुल निर्माण गरिने बताएका हुन ।

उनले आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढेको र, आगामी आवमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको नगरप्रमुख भट्टले बताए ।