कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ
शुक्रबार असार ६, २०८२/ Friday 06-20-25
Paschim Today

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको बेल्डाँडी गाउँपालिका–३ कान्छी बजारबाट लागुऔषधसहित बिहिवार दिउँसो तीन जना पक्राउ परेका हुन। सात सय ३० मिलिग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–१० दैजीका ३२ वर्षीय केशव विष्ट, बेलडाँडी गाउँपालिका–५ झिलमिलाका २५ वर्षीय नरेन्द्र प्रसाद भट्ट र भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका २८ वर्षीय लक्ष्मी चन्द रहेका छन्। उनीहरुलाइ इलाका प्रहरी कार्यालय, बेलडाँडीको टोलीले पक्राउ गरेको हो। उनीहरूको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।
तपाईको प्रतिक्रिया