सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा साउँद नियुक्त
बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउँद नियुक्त भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको परिषदमा साउँद नियुक्त भएका हुन ।
साउद विगत एक दशकदेखि खेलकुद तथा युवाका सवालमा क्रियाशील रहँदै आएका थिए । प्रदेश सरकारले युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा नीति निर्माण प्रक्रियामा सहभागी गराउन परिषदमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नयाँ कार्यकारी उपाध्यक्षको रूपमा नियुक्त भएपछि साउँदले युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्धन र सामाजिक न्यायका पक्षमा प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन।
उनले प्रदेशभरका युवाहरुलाई एकीकृत गर्दै समावेशी र दूरगामी योजनाहरू अघि सार्ने योजना बनाएको बताए ।
तपाईको प्रतिक्रिया