धनगढी र बेलौरीबाट भन्सार छलीका सामान बरामद
शुक्रबार असार १३, २०८२/ Friday 06-27-25
Paschim Today

धनगढीः कैलालीको धनगढी र कञ्चनपुरको बेलौरीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८७ हजार ७ सय बराबरको भन्सार छलीका सामान बरामद गरेको छ। भन्सार छलीको चिनी, अचार, धोती, कुर्ती, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–३ बुटावारीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३१ हजार ३ सय बराबरको सामान बरामद गरिएको छ। सुटपिस, कुर्ती, कस्मेटिक लगायतका सामान इलाका प्रहरीकार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया