माछा मार्न गएका युवकको नदीमा डुबेर मृत्यु
आइतबार असार १५, २०८२/ Sunday 06-29-25
Paschim Today

कैलाली । कैलालीमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका–४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
स्थानीयवासीका अनुसार घर नजिकै साथीहरूसँग माछा मार्न गएका उनी शनिवार साँझ पथरैया नदीमा डुबेका थिए। केही समयपछि उद्धार गरेर उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा गलिएको थियो । उनको मृत्यु भइसकेको चिकित्सकले बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)राजकुमार सिंहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया