अविरल वर्षापछि ऐश्वर्य विद्या निकेतनको पठनपाठन एकदिनका लागि बन्द
सोमबार असार १६, २०८२/ Monday 06-30-25
Paschim Today

धनगढी, १६ असार ।
अविरल वर्षाका कारण विद्यालय क्षेत्र जलमग्न भएपछि धनगढीको ऐश्वर्य विद्या निकेतनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
ऐश्वर्य विद्या निकेतनका निमित्त प्राचार्य सञ्जय पन्तले एक सूचना जारी गरी अविरल वर्षापछि विद्यालय परिसर जलमग्न भएकोले एक दिनका लागि विद्यालय बन्द गरिएको जनाएका छन् ।
अविरल वर्षाका कारण आवातजावतमा कठिनाई हुनुका साथै विद्यालय परिसर जलमग्न भएकोले एक दिनका लागि नर्सरी देखि १२ सम्मको पठनपाठन बन्द गरिएको पन्तद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।
तपाईको प्रतिक्रिया