अविरल वर्षाले धनगढीमा हजारौँ प्रभावित, ११ जनाको उद्धार, सबै निकायलाई तयारीमा रहन मुख्यमन्त्रीको निर्देशन

सोमबार असार १६, २०८२/ Monday 06-30-25
Paschim Today

कैलाली – सुदूरपश्चिम प्रदेशमा निरन्तर परेको अविरल वर्षाले जनजीवन संकटमा परेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रका हजारौँ घर डुबानमा परेका छन् भने सुरक्षाकर्मीहरूले बाढीबाट फसेकाहरूको उद्धार गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी–७ बेली गाउँका सिताराम रानाको घर डुबानमा परेपछि उनीसहित चार जना र सोही ठाउँका थप जना तथा धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनालाई सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएका परिवारहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको जिल्ला प्रहरी कार्यकाल कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३, ४, ५, ७, ८ र १० नम्बर वडामा झन्डै एक हजार घरमा पानी पसेको छ।

३ सय भन्दा धेरै घर डुबानमा छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा धनगढी विमानस्थल क्षेत्रमा २१३.२ मिलिमिटर र कञ्चनपुरमा २७१ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागले खतराको संकेत जारी गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी र सबै निकायलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

यसैबीच, गोदावरी नगरपालिकामा १२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको आफ्नै घरअगाडि सर्पले टोक्दा मृत्यु भएको छ दाहिने खुट्टामा टोक्दा गम्भीर घाइते भएका उनला उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उनको उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यकालले जनाएको छ प्रशासनले डुबान र बाढी प्रभावित क्षेत्रका सबै नागरिकलाई सुरक्षित बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ।