कैलालीमा विभिन्न किसिमका लागूऔषधसहित एक जना
शुक्रबार असार २०, २०८२/ Friday 07-04-25
Paschim Today

धनगढीः कैलालीमा विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका-९ कटासेका २७ वर्षीय शंकर थापा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ परेका हुन्।
थापालाई उनकै घर भित्र कोठामा शंकास्पद बसिरहेको अवस्थामा उनको शरीर तथा घर कोठा खानतलासी गर्दा ८ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन, ३० ग्राम लागूऔषध (गाँजा), निकाटोर १०, लेखेको ट्याब्लेट २ पिस र ट्रारामाडोल क्याप्सुल १ पिस फेला पारी उक्त लागूऔषधसहित उनलाई पक्राउ गरिएको हो।
थापालाइ लागूऔषध नियन्त्रण व्यूरो शाखा धनगढी र प्रहरी चौकी अमरावती, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया