पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेट

आइतबार असार २२, २०८२/ Sunday 07-06-25
Paschim Today

काठ्माण्डौँ- पूर्वराष्ट्रपति विद्यादेवी  भण्डारी र  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार ३० मिनेट जति भेट भएको बालेनका स्वकीय भूपदेव साहले नेपालखबरलाई जानकारी दिए। 

भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए। 

'उहाँहरूबीच बिहीबार भेट भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भयो' उनले भने।