नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी

सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

काठमाडौं । नेपाल शिक्षक महासंघविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

शिक्षक नारायणप्रसाद घिमिरे र कार्यालय सहयोगी शंकरबहादुर कुमालले महासंघ विरुद्ध प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी दिएका हुन् ।

उजुरीमा महासंघ दर्ताविना नै सन्चालन भइरहेको भनिएको छ । दर्ता विना संस्था सञ्चालन गरी लेटरप्याड तथा छापको समेत अनाधिकृत, प्रयोग गर्दै सहयोग रकम, सदस्यता शुल्क, नवीकरण दस्तुरका नाममा रकम उठाएको आरोप उजुरीकर्ताले लगाएका छन् ।

महासंघको गतिविधि रोकेर आवश्यक अनुसन्धान गर्न निवेदककर्ताले माग गरेका छन् ।