साताभर २७.८४ अंकले बढ्यो नेप्से

शनिबार असार २८, २०८२/ Saturday 07-12-25
Paschim Today

काठमाडौं- यस साता नेप्से परिसूचक २७.८४ अंकले बढेर २७३१.८० विन्दुमा आईपुगेको छ। गत साता २७०३.९६ विन्दुमा बन्द भएको नेप्से यो साता २७.८४   अंकले बढेर २७३१.८० को विन्दुमा पुगेको हो ।

यस साता सबै कारोबार दिन बजार खुल्यो । यस साता तीन कारोबार दिन नेप्से बढेको थियो । त्यस्तै दुई दिन भने बजारमा सामान्य गिरावट आयो । 

यस साता औसत कारोबार ८ अर्ब ३१ करोड ४० लाख रुपैयाँको कारोबार भएको थियो । आइतबार ९ अर्ब ५० करोडको कारोबार भएको थियो । सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ६ अर्ब ५७ करोड, बुधबार ७ अर्ब ४५ करोड र बिहीबार ९ अर्ब ६८ करोडको भयो ।

साताको पहिलो कारोबार दिन नेप्से २.४० अंकले बढेर २७०६.३६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको यसदिन ३२८ कम्पनीको ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से २२.३५ अंकले घटेर २६८४.०१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से २२.०४ अंकले बढेर २७०५.९० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड १५ लाख २२ हजार ९ सय ७० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो ।

शुक्रबार राष्ट्र बैकले मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीतिले आगामी साता नेप्सेमा केही प्रभाव पार्न सक्ने देखिन्छ ।