मन्त्री गुप्ताको 'अडियो'बारे माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

सोमबार असार ३०, २०८२/ Monday 07-14-25
Paschim Today

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मन्त्रीको घुस डिलको अडियोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले जनताले थाहा पाउने गरी जवाफ दिनुपर्ने बताए ।

“मन्त्रीहरूको बारेमा आएका कुरा के हुन् ? जनताले थाहा पाउने गरी सम्माननीय प्रधानमन्त्रीले जवाफ दिन माग गर्दछु,” उनले भने ।

माओवादीका सचिवसमेत रहेका पौडेलले भ्रष्टाचारमा 'शून्य सहनशीलता कहाँ छ ? नैतिक मूल्यमान्यताको प्रतीक कहाँ छ ?' भनी प्रश्न गरे ।

संघीय प्रशासन तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख मागेको घुस मागेको भनिएको अडियो संवाद बाहिरिएको छ ।