सुनचाँदीको मूल्य बढ्यो
शुक्रबार श्रावण ३, २०८२/ Friday 07-18-25
Paschim Today

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य १५ रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार २८० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० र चाँदीको २ हजार २६५ रुपैयाँ कायम भएको थियो ।
तपाईको प्रतिक्रिया