नेपाल खेलकुद महासङ्घ बझाङको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दौल्याल निर्वाचित

बझाङ,
एमाले निकट नेपाल खेलकुद महासङ्घ जिल्ला कमिटी बझाङको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट अध्यक्ष पदमा नरेन्द्र दौल्याल पुनः निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष चयन भएका हुन् । बझाङको खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय दौल्यालको नेतृत्वमा खेलकुद महासङ्घले उल्लेखनीय गतिविधि गर्दै आएको छ ।
उपाध्यक्षमा सुनिल बोहरा र आरती भण्डारी निर्वाचित भएका छन् । सचिव पदमा प्रदीप खड्का दोहोरिँदै पुनः चयन भएका छन् भने, उप९सचिवमा सुनिल धामी र करनकान्त जोशी निर्वाचित भएका छन् । कोषाध्यक्षको जिम्मेवारी दीपक विष्टले पाएका छन् ।
सदस्य पदमा मिना ऐडी, विनोद खड्का, पवन बोहरा, जगत धामी, सुरज रोकाया, सुरेश नेपाली, कृष्ण खड्का, योगेश ओली, सत्य बोहरा, निर्मला महत, शारदा बोहरा, जनक कुँवर, किशोर थापा र हेमन्त अधिकारी निर्वाचित भएका छन् ।
नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश चन्दको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले बझाङ अध्यक्ष दिलबहादुर भण्डारी प्रमुख वक्ता थिए ।
प्रमुख अतिथि चन्दले खेलकुद महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शुभकामना दिँदै आफ्नो जिम्मेवारी अनुसार काम गर्न सुझाव दिएका थिए ।
अन्य जिल्ला भन्दा बझाङ जिल्लाले उत्कृष्ट काम गर्नु पर्ने भन्दै प्रदेश अध्यक्ष चन्दले जिल्लालाई आवश्यक पर्ने सबै सहजता प्रदेशबाट हुने बताएका थिए ।
खेलकुद क्षेत्रका अगुवाहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, पत्रकार र युवाहरूको उपस्थितिमा कार्यसमिति चयन गरिएको हो ।
तपाईको प्रतिक्रिया